
काठमाडौं-४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले विदाई गरेका छन् । मित्रराष्ट्र भारतको चेन्नई शहरमा जुलाई २८ बाट अगस्ट ९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तथा महिला दुई टोलिको सहभागीता रहने छ । सिंहदरबारस्थित मन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित विदाई समारोहमा मन्त्री श्रेष्ठले नेपाली चेस टोलिलाई उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिएका छन् ।
सन् २००४ मा स्पेनमा सम्पन्न ३६ औं चेस ओलम्पियाडबाट लगातार सहभागी नेपालको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं, फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् भने संघका उपाध्यक्ष एवं नेशनल ईन्स्ट्रक्टर धन बहादुर बोगटीले टिम क्याप्टेनको भुमिका निर्वाह गर्नेछन् । त्यसैगरी २०१४ मा नर्वेमा सम्पन्न ४१ औं चेस ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा नेशनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल रहेका छन् । महिला टिमको क्याप्टेनको जिम्मेवारी पूर्व नेशनल च्याम्पियन क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले पाएका छन् । नेपाली टोलिको हेड अफ द डेलिगेट ९टिम म्यानेजर० को रुपमा संघका महासचिव धरम बहादुर लामा सहभागी हुँदैछन ।
संघका सचिवद्धय अन्र्तराष्ट्रिय आर्विटर उमेश केसी तथा फिडे आर्विटर मोनालिशा खम्बु ४४ औं चेस ओलम्पियाडमा आर्विटरको रुपमा सहभागी हुँदैछन् । केसी तथा खम्बु दुबैलाई फिडेको आर्विटर कमिशनले म्याच आर्विटर नियुक्त गरेको हो । त्यसैगरी जुलाई ३१ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने अन्र्तराष्ट्रिय बुद्धिचाल महासंघ ९फिडे० को ९३ औं फिडे कंग्रेसमा नेपालको तर्फबाट नेपाल बुद्धिचाल संघका अध्यक्ष बिदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कंग्रेसले फिडेको नयाँ कार्यसमिति समेत निर्वाचित गर्नेछ । कंग्रेस अन्र्तगत आयोजना हुने विभिन्न बैठकमा सहभागीताका लागि नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल तथा कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन समेत गरी जम्मा १९ सदस्यीय टोली बुधबार दिउँसो चेन्नई प्रस्थान गर्नेछ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…