
cricket kheladi lai Sahayog
काठमाडौं-सवारी दुर्घटनामा परेर उपचाररत क्रिकेट खेलाडी ललित सिंह भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
क्रिकेट खेलाडी संघको तर्फबाट अध्यक्ष मनिष राज पाण्डे , महासचिव पारस खड्का र कोषाध्यक्ष पृथु वास्कोटा सहितको उपस्थितिमा उपचारत राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाई संकलित ६ लाख २८ हजार रकम उपचारको लागि हस्तान्तरण गरिएको हो ।
अध्यक्ष पाण्डे तथा महासचिव खड्का र कोषाध्यक्ष बास्कोटाले आर्थिक सहयोग जुटाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएको सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…