
प्रिन्स दाहाल
काठमाडौं- सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् ।
सेमिफाईनलमा शीर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शीषर्ष १६ पुरुष एकलको फाईनलमा एपिएफका दिपेश धामीमाथी २१-१८, २१-१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ ईतिहास रचेका छन् ।
गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्गले उपाधी उचालिन । १८-२१, २१-१५, २२-२० का साथ उपाधीमाथी कब्जा गरेकी हुन् । जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधी हो । यस अघि ईटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधी उचालेकी थिईन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शिर्ष १६ बरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवश शंकरलाई १५-२१, २१-१८, २१-१६ ले पराजित गर्दै उपाधी जिते । यस्तै शिर्ष १२ बरियता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१।९, २१।१३ ले पराजि गरिन् ।
पुरुष युगल तर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उपाधी उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१-१९, १९-२१, २१-१३ को जित निकाल्दै उपाधी उचालेको हो । महिला युगल तर्फ पनि सेनाले उपाधी उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखिाको जोडीलाई २१-१८, २१-१२ ले पराजित गरेको हो ।
ब्वाईज एकल तर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१-१५, १९-२१, २१-१० ले पराजित गरे । यस्तै गल्र्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथी २१।१० को समान अन्तरले पराजित गर्दै उपाधी रक्षा गरिन् ।
भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले बिजय पाए । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१-१२, २१-१९ ले पराजि गरेका हुन् । लाखेले करिव १२ बर्ष पछि कोर्टमा उत्रदै उपाधी उचालेका हुन् ।
बिजयी खेलाडीहरुलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । ¥याङ्किङ्ग बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५/५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४/४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…