
टेबल टेनिस एकेडेमी सञ्चालन
काठमाडौं- आठ पटककी राष्ट्रिय च्याम्पियन टेबल टेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छिन् । ‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले एकेडेमीको संयुक्त रुपमा उद्घाटन गरे ।
टेबल टेनिसबाट खेल जिवन सुरुआत गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगिता समेत खेलाउन सकिने नविताले बताइन् । नविताले देशै भरीबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको नविताले बताइन् ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार संचालनमा ल्याउन लागिएको एकेडेमीको कुल लागत ३५ लाख रुपैयाँ रहेको छ ।
६ वटा टेबलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आबद्द भईसकेका छन् । एकेडेमीको उद्घाटनमा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले सरकारी र निजि क्षेत्रबाट खेलकुदमा लगानी गरेर अगाडि बढेमा खेलकुद क्षेत्रले फड्को मार्ने बताए । यस्तै संघका अध्यक्ष चतुरानन्द वैद्यले एकडेमीले खेलाडी उत्पादन तथा खेलाडीको अभ्यासका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…