
ओलावाले बल नियन्त्रण गर्दै ।
काठमाडौं-धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गर्दै राजधानीमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले कामठमाडौं रेजर्सलाई ३–० ले पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकालेको हो । यस अघि पहिलो खेलमा धनगढीले विराटनगर फुटबल क्लबसँग ३–० ले नै पराजित भएको थियो ।
अधिकांस युवा खेलाडीका साथ मैदान उत्रिएको धनगढीले पहिलो हाफमा निकालेको तीन गोल जितका लागि पर्याप्त भएको थियो । सुरुआतमा केही दबाबमा देखिएको धनगढीले काउन्टर गर्दै काठमाडौंलाई दबाब दिएको थियो । सोही क्रममा टंक बस्नतेले १९औं मिनेटमा पेनाल्टी बक्सको दायाँ भागबाट प्रहार गरेको क्रस बल गोल पोस्टको साइड बार लागेर गोलमा परिणत भएको थियो । पहिलो खेलमा ललितपुर सिटीलाई १–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको काठमाडौं धनगढीसँग निरन्तर दबाबमा परेको थियो ।

२३औ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । डिफेन्स लाइनबाट दिएको लामो पासलाई ओलावालेले डिफेन्डरलाई विट गर्दै जाली चुमाउन सफल भएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ओलावालेले दर्शन गुरुङले दिएको क्रस बललाई अनमार्क ओलावालेले पेनाल्टी क्षेत्रबाट सहजै गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा लिएको अग्रता पछि धनगढीले रक्षात्मक खेलेको थियो । ६७औं मिनेटमा रमेश दंगाल दोहोरो पहेँलो कार्डको समाना गर्दै मैदान बाहिरिएपछि १० खेलाडी सिमित भएको धनगढीविरुद्ध काठमाडौंले फाइदा उठाउन सकेन । काठमाडौंका अग्रतपंक्ति राम्रो संग चल्न नसक्दा धनगढीसँग स्तब्ध हुन पुगेको हो ।

दुई खेलबाट समान १÷१ खेलमा स्पष्ट नतिजा निकालेका दुबै धनगढी र काडमाडौंको तालिकामा समान ३÷३ अंक भएको छ । काडमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै तीन अंक बनाएको थियो भने धनगढीले काठमाडौं रेजर्सलाई हराएर पहिलो जित निकालेको हो ।
प्रतियोगितामा भोली दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेल एफसी चितवन र बुटवल लुम्बिनी तथा दोस्रो खेल विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…