
गोलगरेपछि चितवनका टेकबहादुर बुढाथोकी खुशी साट्दै ।
काठमाडौं- उत्कृष्ट पुनरागमन गदै बुटवल लुम्बिनी फुटबल क्लबले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा एफसि चितवनसँग अंक खोसेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनीले चितवनसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । सुरुआतमा दुई गोल गरेको चितवनले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । यससँगै चितवनले लगातार दोस्रो खेलमा पनि बराबरी खेलेको छ । यस अघि भएको पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक जोडेको थियो ।

निकै रोमाञ्चक र प्रतिस्र्धात्मक बनेको खेलमा चितवनले १५औं मिनेटमा अग्रता लिएको थियो । अन्तिम समयमा मात्र चितवनमा अनुबन्ध भएका त्रिभुवन आर्मी क्लबका जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । क्रस बलमा जर्ज प्रिन्सले पेनाल्टीबक्स भित्रबाट जाली चुमाएका थिए । त्यसको चार मिनेट पछि आर्मीकै खेलाडी टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनको अग्रता दोब्बर पारे पनि ३२औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल पहिलो हाफमा २–१ को अवस्थामा ल्याए ।

दोस्रो हाफमा थप आक्रामक बनेको बुटवलले ६५औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । लक्ष्मण रुचालले गोल गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि दुबै टोली स्पष्ट अंकका साथ प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न चुके र खेल २–२ को बराबरीमा सकियो ।

यस अघि पोखरा थन्डर्समाथि २–० को जित निकालेको बुटवलले दुई खेलबाट चार अंक जोडेको छ । लगातार दुई बराबरी खेलेको चितवनले तालिकामा २ अंक भएको छ ।
खेलमा चितवनका जर्ज प्रिन्स कार्की प्लेयर अफ दि म्याच चुनिँदै २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै प्रोमोसिङ प्लेयर अफ दि म्याच बुटवलका लक्ष्मण रुचाल चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…