
काठमाडौं-नवयुग श्रेष्ठको निर्णायक गोलको मद्दतमा पोखरा थन्डर्सले नेपाल सुपर लिगमा विराटनर सिटी फुटबल क्लबलाई हराएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले खेल सकिन ८ मिनेट बाँकी रहेको अवस्थामा गोल गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा बुटवल लुम्बिनीलाई पोखरा थन्डर्सले २–० को नतिजा सुम्पिएको थियो ।
पहिलो खेलमा जित निकालेको विराटनगर सिटीले दोस्रो खेलमा पोखरामाथि दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन्न बाध्य भएको हो । पोखराको जितमा नवयुग श्रेष्ठले ८२औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीका लागि पहिलो अंक दिलाएका हुन् । संघर्षपूर्ण जित निकालेको पोखराले तालिकामा ३ अंक जोडेको छ ।
यस्तै विराटनगर सिटीको पनि ३ अंक नै रहेको छ । प्रतियोगिामा भोली एक खेल हुनेछ । ललितपुर सिटी एफसीले धनगढी फुटबल क्लबको सामना गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…