
एजेन्सी, बैशाख १६ । प्रिमियर लिग क्लबल म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मन (पिएसजी)लाई हराउँदै च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा सफलता हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले सुरुआती अग्रतालाई उल्टाउँदै पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले हेड गोलमार्फत पीएसजीले अग्रता लिएको थियो ।

दोस्रो हाफमा डी ब्रुएनाको गोलबाट सिटीले खेल बराबरीको अवस्थामा ल्याएको थियो । खेलको ६४ औं मिनेटमा ब्रुएनाले पाहुना टोलीका लागि बराबरी गोल गरेका थिए । त्यसको ७ मिनेटपछि रियाद माहरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा माहरेजले गोल गरेका गर्दै अग्रता उल्टाएका थिए ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली अन्तिम १३ मिनेट १० खेलाडीमा सिमित भएको थियो । खराब ट्याकल गरेको भन्दै रेफ्रीले उनलाई सोझै रातो कार्डको दर्शन गराएका थिए ।

पहिलो लेगमा प्राप्त जितसंगै सिटीलाई सेमिफाईनल प्रवेश सम्भावन बलियो भएको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब भएको छ ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…