
काठमाडाैं । सुनिल बलको फ्रि–किक गोलको सहयोगमा शनिबार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले इन्जुरी समयमा गोल निकाल्दै शीर्ष स्थानको मनाङलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । पराजित मनाङको पनि छनोट हुने सम्भावना रहेको छ । सातौ चरणको खेल सम्म क्लब लाइसेन्स प्राप्त टोलीलाई एएफसी कप छनोट खेल्न दिने एन्फाको निर्णय अनुसार सातौं चरणको खेल निर्णायक बन्ने निश्चित भएको छ ।

एएफसी छनोट खेल्नका लागि जित पर्याप्त हुने मनाङले पहिलो हाफमा मच्छिन्द्रविरुद्ध दबाब दिएर खेले पनि दोस्रो हाफमा दबाब झेल्नु परेको थियो । इन्जुरी समयमा सुनिल बलले फ्रिकिकमा आकर्षक गोल गर्दै मछिन्द्रलाई १–० को जित दिलाउँदै महत्वपुर्ण ३ अंक दिलाए । जितपछि शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ६ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको मनाङको १३ अंक छ ।

मछिन्द्रलाई हराउन सकेको भए मनाङले सातौ चरणको खेल अघि नै एएफसी कप छनोटको यात्रा पक्का गर्ने थियो । तर, हार बेहोरेसँगै अर्को चरणको खेल नै कुर्नुपर्ने भएको छ । एक खेल कम खेलेको आर्मीको ९ अंक छ । सातौ चरणमा मनाङले बिबिसीसँग पोखरामा खेल्नेछ । यस्तै मछिन्द्रले पुलिससँग काठमाडौंमा खेल्नेछ । एक खेल कम खेलेको आर्मीले आइतबार थ्री स्टारसँग खेल्नेछ ।

शनिबार भएको दिनको पहिलो खेलमा हिमालयनले च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । हिमालयनको जितमा मुटम्बा पिस्टनले २५औं र ५७औं मिनेटमा गरी कुल दुई गोल गर्दा सुरेश कुमालले ८० मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । च्यासलका रुमेश बर्तौलाले ७५औं मिनेटमा एक गोल फर्काएका थिए ।

लिगमा आइतबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल संकटा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब तथा दिनको दोस्रो खेल थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…