
pokhara rangasala
पोखरा-सन्दर्भ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता । मिति २०८२ फागुन १ देखि ७ गतेसम्म । स्थान सुर्खेत रंगशाला बीरेन्द्रनगरनगरपालिका ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको अन्तिम मिति हो । तर स्थगित भएको सूचना बाहिर आएन् । आयोजना गर्ने जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद यतिबेला मौन छ । नियमन निकाय युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन छ । ६ महिनाको लागि मन्त्री बनेका बब्लु गुप्ताले पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भन्दै मिति तय गरे । घोषित मितिमा प्रतियोगिता आयोजना गर्ने जमर्को गरियो । तर फागुन २१ गते प्रतिनिधि सभाको चुनावको मिति थियो । चुनावी मितिले प्रतियोगितालाई आचारसंहिताले बाँधिदियो ।
सातै प्रदेश, तीन विभागीय यतिबेला चुनावी अभियानमा छन् । खेलाडी होस र सुरक्षाकर्मी सबै आफनो जिम्मेवारीमा छन् । तर गण्डकीमा भने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गरिएको छ । छनोट प्रतियोगिता नै गरेरे । केही खेलको छनोट प्रतियोगिता सम्पन्न भईसकेको छ । केही छनोट गर्ने तयारीमा रहेको बुझिएको छ ।
राष्ट्रिय प्रतियोगिता फागुन १ गतेदेखि ७ गतेसम्म तय हुदाँ पोखरामा भने फागुनको पहिलो साता छनोट प्रतियोगिता शुरु गरिएको छ । छनोट भएका खेलाडीले कहिले राष्ट्रिय प्रतियोगिता खेल्ने हुन यकिन छैन् । एकवर्ष अघि पनि छनोट प्रतियोगिता गरिएको थियो । राष्ट्रिय प्रतियोगिता रोकियो । फेरी मिति घोषणा भयो । प्रदेश खेलकुद परिषद गण्डकीले विभिन्न प्रदेश संघलाई छनोट प्रतियोगिताको लागि बजेट उपलब्ध गरायो ।
प्रदेश छनोट खेल्न जिल्ला संघ मार्फत जानुपर्छ । जिल्ला खेल संघले छनोट भएको खेलाडीलाई जिल्ला खेलकुद विकास समितिमा खेलाडीको नामावलीसहित पत्रचार गर्नुपर्छ । संघको पत्रकै आधारमा जिल्लाको टोलीलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिले आफनो लेटरहेडमा प्रदेश छनोटका लागि सिफारिस गर्ने प्रावधान छ । तर पोखरामा छनोट प्रतियोगिता आयोजना गरिदाँ सम्बन्धित जिल्ला खेल संघ र जिल्ला खेलकुद विकास समितिले परिपत्र गरेको गरे या नगरेको यकिन छैन् ।
जिल्ला खेलकुद विकास समिति कास्कीले पनि प्रदेश खेलकुद परिषदले उपलब्ध गराएको बजेटबाट जिल्ला छनोट गर्न नसकिने राय थियो । समितिको रायलाई आधार मान्दा समितिले कुनैपनि संघलाई छनोट प्रतियोगितामा सहभागिताको लागि खेलाडीको नामावलीसहित पठाएको देखिदैन् ।
यतिबेला दुई मतभेद सृजना भएका छन् । एक खेलाडीले खेल्ने अवसर पाए । अर्को राष्ट्रिय प्रतियोगिताको नाममा छनोट प्रतियोगिता गरेर बजेट स्वाहा बनाउने । खेलाडीले खेल्न पाउनु पर्छ । तर छनोटपछि खेलाडीले कहिले राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने, निधो छैन् । छनोट भएका खेलाडी बन्द प्रशिक्षण कहिलेदेखि पाउने त्यो पनि मेसो छैन् । अर्को वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिए अहिले छनोट भएका खेलाडीले सिधै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने कि नपाउने भन्ने प्रश्न निकै गम्भीर छ ।
अर्को बजेटमात्रै सिद्धियो भन्ने गुनासो छ । केही खेल संघ खेल सामाग्री विहीन छन् । खेल सामाग्री उपलब्ध गराई संघलाई बलियो बनाउनुपर्छ भन्ने चिन्ता कसैले लिदैनन् । खेल संघलाई सामाग्री उपलब्ध गराई प्रशिक्षण गराउने तर्फ ध्यान गएको छैन् । केवल छनोट प्रतियोगिता सम्पन्न गर्ने तर्फ चासो मात्रै देखिएको छ । खेलाडी बिना संघ बन्दैन् । संघ विना खेलाडीको संरक्षण हुदैन् ।
छनोट प्रतियोगिताको लागि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक करोड ८० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । त्यो बजेटबाटै केही खेलले छनोट प्रतियोगिता गरिसके । छनोट प्रतियोगिता पनि राष्ट्रिय खेलकुद परिषदले तय गरेको मिति भन्दा पछि छनोट प्रतियोगिता गरिएको छ । खेलाडीले खेले । भत्ता पाए । त्यसैमा रमाए ।
हक्की, फेन्सिङ, लनटेनिस, आर्चरी, स्क्वास, ह्याण्डबल लगायत प्रदेश खेलसंघले छनोट प्रतियोगिता सम्पन्न गरिसके । छनोट प्रतियोगिताको लागि प्रदेश खेलकुद परिषदले खेल अनुसार बजेट दिएको थियो । मार्शल आर्टस(उसु, फुलकन्ट्याक्ट कराँते, सितेरियो कराँते, जुडो, तेक्वान्दो), भलिबल, फुटबल, एथलेटिक्स लगायतका खेलहरुको छनोट बाँकी छन् । छनोट प्रतियोगिता नभएका खेलका खेलाडीहरुले आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागिता जनाउन पाउने वा नपाउने दुविधा बढेको छ । वर्षेनी गरिने छनोट प्रतियोगिताले राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले कस्तो नतिजा ल्याउला त्यो भने हेर्न बाँकी छ ।


पोखरा-शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघ ले जितेको छ । फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघ लाई १–० गोल…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…