
पोखरा रंगशालास्थित क्रिकेट मैदान । फाईल तस्बिर
पोखरा-प्रतिभा माविको आयोजनामा यही माघ १८ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रतिभा सुपर लिग विद्यालयस्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुदैं छ । प्रतियोगितालाई कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्ने छ ।
प्रतियोगितामा विभिन्न बाह्र विद्यालयको सहभागिता रहेको छ । कुमुदिनी होम्स, ग्लोबल कलेजियट, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, नेपाल भारत मैत्री विद्यालय, प्रतिभा मावि, बाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड माविको सहभागिता रहेको छ । चार समूहमा विभाजन गरिएको छ । प्रत्येक विद्यालयले दुई खेल खेल्ने छन् । विजेता विद्यालयले सेमिफाईनल प्रवेश पाउने छ ।
प्रतियोगितामा विजेताले ३० हजार पुरस्कार राशी प्राप्त गर्ने छ । उपविजेताले बीस हजार रुपैयाँ प्रदान गरिने छ । बेष्ट व्याटर, बेष्ट बलर, प्लयेर अफ दि सिरिज तथा प्लयेर अफ दि म्याचलाई समेत ट्रफी प्रदान गरिने विद्यालयले जनाएको छ ।
प्रतियोगिताले स्थानीय क्रिकेटकोस्तर सुधार्न र नयाँ प्रतिभालाई अवसर दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विद्यालयले गरेको छ । प्रतियोगिताको लागि ७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान विद्यालयले गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले जनाए । उनले प्रतिभा सुपर लिगले विद्यालयस्तरीय क्रिकेट प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास विद्यालयले लिएको बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…