
पोखरा- पोखरामा जारी एक दिवसीय क्रिकेटमा अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी भएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत समूह ए तर्फ मंगलबार भएको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले हराउन सफल भएको हो ।
२१५ रनको विशाल विजयी लक्ष्य पाएको लेकसाइड ४४.५ ओभरमा १९८ रनमा अलआउट हुन पुग्यो । लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै हरिशंकर तिवारीले ३७ रन जोडे ।
अरण्यज्योतिका लागि अब्दुल खलिक, अभिषेक भुजेल र प्रविण पौडेलले समान २÷२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योतिले ५० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाउन सफल भएको थियो । टोलीका लागि सन्जिव कार्कीले सर्वाधिक ८९ रनको योगदान दिए । घनश्याम कुमार यादवले ४५ र सन्देश न्युरेले २५ रन जोडे । लेकसाइडका लागि हरिशंकर तिवारीले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै केशव सुनार र सन्देश शाहले समान २÷२ विकेट लिए । खेलको प्लेयरअफ दि म्याच सन्जिव कार्की घोषित भए ।
यो संगै समूह ए तर्फको एक चरणका खेल सम्पन्न भएका छन् । सिंगल राउन्ड रोविन लिगको आधारमा भएको खेलमा भोलिदेखी समूह बि तर्फ एक चरणका खेल सुरु हुनेछन् । दुवै समुहको एक चरणका खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् । त्यसपछि बाकी रहेका लिगका अन्य खेलहरु पोखरा रंगशालासंगै लेखनाथमा समेत हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…