
धन बस्नेत/पोखरा
आहारारा पोखरा गोल्डकपको भोलि शनिबार फाईनल हुदैं छ । जावलाखेल र आयोजक सहारा उपाधिको लागि अन्तिम घडीमा छन् । इतिहास कोर्ने र इतिहास दोहोर्याउने संघारमा छ । शनिबार उपाधिसँगै पच्चीसौं आहा रारा पोखरा गोल्डकप विधिवत टुंगिने छ ।
सहारा ९ वर्ष फाईनल पुगेको हो । चार पटक फाईनल पुगेको सहाराले दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिने छ । जावलाखेल १४ वर्षपछि पोखराको मैदानमा फाईनल प्रवेश गरेको हो । १४ वर्ष अघि फाईनलमा उपाधि विहीनको अवस्थालाई अन्त्य गर्दै इतिहास कोेर्ने लक्ष्यमा जावलाखेल देखिने छ । दुवैको रणनीति उपाधि उचाल्ने हो, त्यसको लागि आन्तरिक तयारीमा छन् ।
जावलाखेलले उज्वेकिस्तानी टोली आभा फुटबल क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा आफनो सेट टिमको खेलाडीलाई बेन्चमा राख्नुपर्ने छ । सहाराले भने आफनो सेट टिमलाई मैदान उतार्दै उपाधि उचाल्ने योजना बुनेको छ । जावलाखेलको आफनो सेट टिमबाट खेल्दै आएका युवराज ढकाललाई रातो कार्डसहित बेन्चमा राख्दा हुने अभावलाई बैकल्पिक खेलाडी मार्फत पुरा गर्नुपर्ने हुन्छ । त्यसको लागि टोली तयार रहेको प्रतिक्रिया जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठ सुनाउँछन् ।
“रातो कार्डले सेट टिममा फरक त पर्छ नै तर त्यसको लागि हामीले बैकल्पिक खेलाडीलाई मैदानमा उतार्दै पुरा गर्ने छौं । खास फरक नपर्ला ।” फाईनलको पूर्व सन्ध्यमा प्रशिक्षक श्रेष्ठले दावी गरे । उनले १४ वर्ष अघिको मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा हारको पीडा भुल्दै उपाधि उचालेर इतिहास कोर्ने एउटैमात्र लक्ष्य रहेको बताए । उपाधि जित्न आफनो टोली उच्च मनोबलमा रहेको समेत सुनाए । “विदेशी टोलीलाई पराजित गरेर आएका हौं । टोलीको मनोबल उच्च छ । त्यसैले पनि उपाधि उचाल्दै इतिहास लेख्छौं ।” उनको भनाई थियो । उनका अनुसार उपाधिको लागि अट्याकिङ गेम खेल्ने छौं ।
यता सहाराले पनि घरेलु मैदानमा दोस्रो पटक उपाधि उचाल्दै इतिहास दोहोर्याउने लक्ष्यमा एक कदम मात्रै बाँकी छ । एघारौं संस्करणमा उपविजेता बनेको सहाराले बाह्रौमा उपाधि जित्यो । त्यसपछि फेरी उपाधि निकट पुगेर यात्रा टुंग्याएको सहाराले ९ वर्षपछि पुन फाईनल खेल्दै छ । उपाधिको बाह्रवर्षको संघारमा पुगेको सहाराले बाह्रवर्षपछि फेरी उपाधि उचालेर दर्शकलाई उपहार दिने योजनामा रहेको प्रशिक्षक सुनिल राना बताउँछन् ।
“घरेलु मैदानमा उपाधि उचालेर इतिहास दोहोर्याउने चाहन्छौं ।” सहाराका प्रशिक्षक राना भन्छन “त्यसको लागि आवश्यक रणनीति अपनाउँछौं ।” सहारा विदेशी खेलाडीको भरमा डिफेन्स सम्हाल्ने छ । त्यसो त जावलाखेलले पनि विदेशी खेलाडी नै दरिलो रक्षकको भरमा रहने छ । पहिला स्कोर निकालेर दबाव बनाउने योजना दुवै टोलीको छ ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहारारा पोखरा गोल्डकपको पच्चीसौं संस्करणको विजेताले १४ लाख १ हजारराशीसहितको उपाधि उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार प्राप्त गर्ने छ । उत्कृष्ठ विधागत खेलाडीले नगद पच्चीस हजार प्राप्त गर्ने छन् ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…