
पोखरा-प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटमा माछापुच्छ्रेले गण्डकीलाई हराएको छ । पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको रुपमा रहेको प्रतियोगितामा बुधबार माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबमाथि २२१ रनको फराकिलो जित हासिल गरेको हो ।
२७२ रनको विजयी लक्ष्य पाएको गण्डकी निरिह देखियो । २१.१ ओभरमा ५० रन बनाउँदै गण्डकीका सबै खेलाडी अलआउट हुन पुगे । श्रीराम प्रजापतिले ११ र विवेक अधिकारीले ९ बाहेक अन्य व्याटरले गतिलो रन बनाउन सकेनन् । माछापुच्छे्रका लागि रितेश बरालले ५.१ ओभरमा ३ मेडन राख्दै ७ रन खर्चेर ५ विकेट लिए । लक्ष्मण क्षेत्रीले ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । भने रिदम पाण्डेले ६ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छे्रले ५० ओभरमा ५ विकेट गुमाउँदै २७१ रन जोड्यो । माछापुच्छे्रका लागि सुमित श्रेष्ठले शतकीय पारी संगै १५८ बलमा कुल १३० रन जोडे । प्रमोद बास्तोलाले २४ तथा दिपक माझिले २३ रन जोडे । गण्डकीका लागि स्रमाट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १÷१ विकेट लिए ।
खेलको प्लेयर अफ दि म्याच सुमित श्रेष्ठ घोषित भए । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…