
पोखरा-सांंग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३ सय छब्बीस रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिलाको फराकिलो जितमा सिब्रिन श्रेष्ठको व्याटिङ उत्कृष्ट रह्यो ।
टस जितेर व्याटिङ गरेको सांग्रिलाले ओपनर सिब्रिनले ७९ बलमा १२१ रन बनाउँदै उत्कृष्ट शुरुवात दिलाए । सन्जय नेपालले ३४ रन बनाई खेले भने रिकेश गुप्ताले ४१ बलमा ३३ रन बनाए । ४७ ओभर दुई बल खेल्दै सवै विकेट गुमाउने क्रममा सांग्रिलाले ३ सय ७६ रनको विशाल स्कोर तयार पार्यो । सृजन पौडेलले दशओभरमा एक मेडन राख्दै ६ विकेट लिए ।
जवाफी व्याटिङ गरेको एभेरष्ट भने केवल ५० रन बनाउँदै सवै विकेट गुमायो । केवल १८.३ ओभर टिकेको एभरेष्टलाई राज परियारले ४.३ ओभरमा १ मेडन राख्दै केवल ९ रन खर्चिएर ६ विकेट लिदैं धरासायी बनाए । सन्जय नेपालले एक ओभरमा एक रन दिएर दुई विकेट आफनो नाममा लेखाए । धनज यादव र सचिन यादवले दोहोरो अंकको स्कोर बनाउने क्रममा १३ र १० रन बनाए। अन्य व्याटरको प्रदर्शन भने स्कोर कार्डमा कमजोर रह्यो । खेलमा सिब्रिन प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…