आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १० गते २०८२ मा प्रकाशित


पोखरा-शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघ ले जितेको छ ।

फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो । खेलाडीसम्बन्धी विवादका कारण ढिला सुरु भएको फाइनल समयाअभावका कारण १०–१० मिनेटको हाफमा खेलाइएको थियो ।

विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।