
पोखरा- नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत पेटी परीक्षा गरिएको छ । पोखरा रगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको कार्यक्रममा संघका अध्यक्ष एवं ब्रान्च चिफ लक्ष्मण कुँवरको संयोजकत्वमा गरिएको थियो । पोखरा महानगर खेलकुद विaकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको समेत उपस्थिति रहेको थियो । प्रमुख आतिथ्यता भने पूर्व राष्ट्रिय खेलाडी रामकृष्ण भण्डारीले गरेका थिए ।
पेटी परीक्षा कार्यक्रममा पोखराका विभिन्न डोजो तथा स्याङजाको डोजोसहित झण्डै दुईसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुलाई प्रदेश प्रशिक्षक सुवास खड्का, निर्मल केसी, विनोद नेगी, अर्जुन बराम, धिरज परियार, सुमन बराम, सरगम कुमाल, अनिल बराम लगायतले प्रशिक्षण गराएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…