जेसिज सप्ताहमा सडक दौड, श्रेष्ठ प्रथम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित



लेखनाथ । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसीजको जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सडक दौडमा २७ मिनेट ५८ सेकेण्डमा पूरा गरी गौतम श्रेष्ठ प्रथम हुन सफल भए ।

कुल साढे आठ किलो मिटर दुरीको सडक दौड तालचोकबाट पावरहाउस, तागाकोमुख हुँदै शिसुवासम्म गरिएको प्रतियोगितामा २८ मिनेट १६ सेकेण्डमा पूरा गरी प्रित राईले द्धित्तीय तथा २८ मिनेट ५८ सेकेण्डमा पूरा गरी तेजन मगरले तृतीय स्थान हाँसिल गरेका थिए ।

निर्धारित दुरी ३० मिनेट ८ सेकेण्डमा पूरा गरी महेन्द्र मगरले चौथो स्थान हाँसिल गरे । विजेताहरुलाई क्रमशः नगद रु ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार पुरस्कार प्रदान गरिएको प्रयिोगिताका संयोजक विनय जमरकटृेलले जानकारी दिए ।