
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ ।
पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९६ को स्कोर तयार गर्यो । पहिलो ओभरमा दश रन जोड्दै उत्कृष्ट शुरुवात गरेको भुटानी टोलीले दोस्रो ओभरमा खासै रन बनाउन सकेन् ।
दोस्रो ओभरको पहिलो बलमा सुवास भण्डारीले पहिलो विकेट निकाल्दै भुटानमाथि दबाव बनाए । यद्यपी तेस्रो ओभरमा भुटानी टोलीले १२ रन जोड्यो । कृष्ण पौडेलको स्पेलमा एक छक्का र एक चौका हिर्काउँदै भुटान लयमा फर्किए जस्तो देखियो ।
सुवास भण्डारीले ४ ओभर बलिङ गर्ने क्रममा १५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिदैं भुटानी टोली माथि हावी देखिए । अपराजित पौडेलले पनि १० रन खर्चिएर चार विकेट नै लिए । उनले तीन ओभर बलिङ गरे । सिब्रिन श्रेष्ठको नाममा एक विकेट लेखियो ।
भुटानका लागि सोनाम छोपेलले १९ बल खेल्दै २७ रनको योगदान दिदाँ अर्का व्याटर रन्जुन मिक्यो दोर्जीले २७ रन बनाउन ३० बल खेल्न पुगे । टासी फुन्ट्सोले ४२ बल खेल्दै २० रन बनाउँदा नाम्गे थिन्लेले १६ रनको योगदान दिए ।
९७ रनको लक्ष्य पछ्याउने क्रममा ईश्वर क्षेत्रीले २२ बलमा ३४ रन बनाउँदै विजयीको लागि आधार तयार पारे । दिपक डुम्रेले १९ बलमा २६ रनको योगदान दिदाँ अर्जुन कुमालले भने १८ बल खेल्दै २२ रन बनाएका थिए । सोनाम छोपेल र नामगाङ छोजेले समान एक एक विजेट लिए । पहिलो दिनको खेलमा सुवास भण्डारीले प्लेयर अफ दि म्याच हुदाँ अपराजित पौडेल इनरजेटिक प्लयेरबाट पुरस्कृत भए ।
नेपाल क्रिकेट संघको सहयोग तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा क्रिकेट मैदानमा चार मैत्रीपूर्ण खेल्ने क्रममा बुधबार भुटानी टोलीले गण्डकी ११ सँग खेल्ने छ भने बाँकी दुई खेल नेपाल क्रिकेट संघ ११ सँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…