इग्ंल्याण्डको तेस्रो जित, अष्ट्रेलिया १६ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)- अष्ट्रेलिया भ्रमणमा रहेको इग्ल्याण्डले तेस्रो एकदिवसिय खेलमा आईतबार अष्ट्रेलियामाथि १६ रनको प्रतिस्पर्धात्मक एवं रोमाञ्चक जित निकाल्यो । अष्ट्रेलिया अन्तिम ओभरमा जितको लागि २२ रनको खाँचो थियो । क्रिजमा स्टोनिस र पायन थिए । अन्तिम ओभरको पहिलो बलमा पायनले एक रन लिए । दोस्रो बलमा स्टोसिनले दुई रन लिदैं दवाव सृजना गरे । तेस्रो बलमा स्टोनिस आउट भए । बाँकी तीनबलमा केवल दुई रनमात्रै जोडिएपछि अष्ट्रेलिया इग्ल्याण्डसित पराजित हुन पुग्यो ।

टस जितेर व्याटिङ गरेको इग्ल्याण्डले जेसी बटलरले शतकीय पारीमा ६ विकेटको क्षतिमा ३०२ रनको विशाल स्कोर खडा गर्यो । ८३ बल खेल्दै ६ चौका ४ छक्का हिर्काउँदै बटलरले इग्ल्याण्डका लागि १०० रनको महत्वपूर्ण ठोस इनिङ खेलिदिए । उनीसँगै सिआर वायक्सले ५ चौका र दुई छक्का हिर्काउँदै ५३ रनको योगदान दिए । त्यसैगरी मोर्गानले ४१ रन बनाउन ५० बल खर्चिए । उनको इनिङ्समा दुई चौका र एक छक्का देखियो । जेएम बार्यस्तोले पनि ३९ र जेई रुटले २७ रनको योगदानमा इग्ल्याण्डले ३०२ को स्कोर तयार पारेको थियो । अष्ट्रेलिया बलर जेआर हज्लेउड २ विकेट, पिजे कम्मिन्स, एमपी स्टोनिस, ए जम्पा र एमआर मार्सले १— १ विकेट लिन सफल भए ।

तीन खेलाडीले अर्धशतक पुरा गरेपनि अष्ट्रेलियाले अन्तिम ओभरमा व्याटिङ नचल्दा छ विकेटको क्षतिमा केवल २८६ रनमा समेटियो । अष्ट्रेलियाका लागि आरोन फिन्च ६२ रन बनाउन ५३ बल खेले । उनीसँगै एमआर मार्सले अर्धशतक पुरा गरे । उनले ५५ रनको योगदान थियो । एमपी स्टोनिसले ५६ रन बनाए । उनी अन्तिम ओभरको तेस्रो बलमा आउट भएपछि अष्ट्रेलियाले जितको नजिक पुगेर पनि पराजय तर्फ उन्मुख हुन पुग्यो । नटआउट रहेका टिडी पायनले ३१ रन बनाए । एसपिडी स्मिथको नाममा ४५ रन लेखियो । इग्ल्याण्डका एमए उड, एयु रसिद र वयक्सले २—२ विकेट लिएका थिए । म्यान अफ दि म्याच बटलर घोषित भए ।