सिरिज इग्ल्याण्डलाई, अष्ट्रेलियासँग अझै दुई खेल बाँकी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-इग्ल्याण्ड यतिबेला अष्ट्रेलिया भ्रमणमा छ । अष्ट्रेलिया भ्रमणका रहेको इग्ल्याण्डले पाँच वान डे म्यान खेल्ने छ । पाँच मध्ये तीन वान डे सकिएको छ । जसमा इग्ल्याण्डले घरेलु भूमिमा अष्ट्रेलियामाथि सानदार जितसँगै ३—० ले अग्रता लिदै सिरिज जितेको छ । जितसँगै इग्ल्याण्डले अष्ट्रेलियासँगको वान डेमा क्लिनस्वीप गर्ने सम्भावना प्रवल देखिएको छ ।

इग्ल्याण्डले अष्ट्रेलियालाई उसैको भूमिमा लगातार तीन खेलमा पराजित गरेको छ । भ्रमणकारी इग्ल्याण्डले वान डे इन्टरनेशनल म्याचमा ३—० ले पराजित गर्दै अष्ट्रेलियामाथि महत्वपूर्ण जित निकाल्ने मात्रै नभई सिरिजमा कब्जा जमायो । यद्यपी दुई खेल भने अझै बाँकी छ । विदेशी भूमिमा इग्ल्याण्ड असफल हुदैं आएको अवस्थाको समेत अन्त्य गरेको छ । उत्कृष्ठ व्याटिङ र बलिङको कम्बिनेसनले घरेलु भूमिमा अष्ट्रेलियालाई तीनै खेलमा पराजित गरेको हो ।
पहिलोे एकदिवसिय खेलमा इग्ल्याण्डले पाँच विकेटको जित निकालेका थियो । दोस्रो खेलमा पनि इग्ल्याण्डले चार विकेटले पराजित गर्दै घरेलु भूमिमा अष्ट्रेलियालाई दोस्रो हार चखायो । आईतबार तेस्रो खेलमा १६ रनले पराजित गर्दै इग्ल्याण्डले अष्ट्रेलियामाथि ३—० को अग्रता लिएको छ ।

अष्ट्रेलिया र इग्ल्याण्ड बीचको चौथो एकदविसिय खेल जनवरी २६ तारिखमा हुने छ । पाँचौ वान डे म्यान भने २८ जनवरीमा खेलेपछि यी दुई बीचको प्रतिस्पर्धा सकिने छ । त्यसपछि त्रिकोणात्मक सिरिज अन्तर्गत न्युजिल्याण्डसँग अष्ट्रेलियाले सिड्नीमा फेब्रुअरी ३ मा खेल्ने छ । ७ फेब्रुअरीमा अष्ट्रेलियाले फेरी इग्ल्याण्डसित खेल्ने छ । अष्ट्रेलियाले १० तारिखमा खेल्दै इग्ल्याण्डसँग अर्को प्रतिस्पर्धा गर्ने छ ।