फेडेरर अष्ट्रेलियन ओपनको क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)-अमेरिकन मडिसन किजले फ्रान्सेली खेलाडीलाई पराजित गर्दै अष्ट्रेलिय ओपनमा अन्तिम आठको आफनो स्थान सुरक्षित गरिन् । १७ औं बरियताकी किजले टेनिस बरियताको ८ औं स्थानमा रहेकी फ्रान्सेली खेलाडी कारोलिन ग्रासियालाई ६—३, ६—२ को सेटले पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित बनाईन् । उनले एकघण्टा ९ मिनेट लगाई लगातार सेट जित्दै महिला तर्फ अन्तिम आठमा आफुलाई उभ्याईन् ।

गत वर्ष नाडीको सर्जरीले केही महिना कोर्टबाट बाहिर रहेकी किजले प्रतियोगिता भने पीडाविहीन हुदैं खेलिन् । क्येजले अब क्र्वाटरफाईनलमा एन्जेलिक्यु केर्बरसँग प्रतिस्पर्धा गर्ने छिन् । २१ औं स्थानकी केर्बरले ८८ औं स्थानकी ताईवानी खेलाडी ह्यासे सु वाईलाई ४—६, ७—५, ६—२ सेटमा पराजित गरेकी थिईन् । १९ वर्षको उमेरमा क्येज सन २०१५ को अष्ट्रेलियन ओपनमा सेमिफाईनलसम्म पुगेकी थिईन् ।

यसैगरी पुरुष तर्फको प्रतिस्पर्धामा दोस्रो बरियताका स्वीस खेलाडी रोजर फेडेररले मार्टिन फक्सोभिक्सलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे । उनले ६—२, ७—६(टाइब्रेकर) ६—२ सेटमा पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेका हुन् । तेस्रो बरियताका ग्रिगोर डिमिट्रोभले १७ औं स्थानका निक कर्यजिओसलाई प्रतिस्पर्धातक रुपमा पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेका छन् । चौथो चरणका खेलमा डिभिट्रोभले निकलाई पहिलो सेट टाईब्रेकरमा ७—६ ले लिए । दोस्रो सेट पनि ७—६ कै अवस्थामा टाइब्रेकरमा पुुग्यो र अन्तत आफनो पक्षमा पारे । तेस्रो सेट भने ४—६ को अवस्थामा गुमाउँदै निकले खेलमा फर्किने संकेत गरे । तर चौथो सेटमा पनि डिमिट्रोभले ७—६ टाइब्रेक सेटमा पराजित गर्दै क्र्वाटरफाईनल पक्का गरे ।

चेक रिपब्लिकका भेट्रान्स खेलाडी थोमस बर्डीचले फावियो फोनिनीलाई तीन सेटमा पराजित गर्दै अष्ट्रेलियन ओपनको क्र्वाटरफाईनल प्रवेश गरेका हुन् । अष्ट्रेलियन ओपनको सातौं पटक क्र्वाटरफाईनल प्रवेश गर्ने क्रममा १९ औं स्थानमा रहेका बर्डीचले १—६, ६—४, ६—४ को सेटमा जित निकालेका हुन् । उनको क्र्वाटरफाईनल भेट भने रोजर फेडेररसित पक्का हुने छ । फेडेररसित उनी गतवर्षको अष्ट्रेलियन ओपनमा क्र्वाटरफाईनलमै पराजित हुन पुगेका थिए ।