सहारालाई सकस, दर्शकलाई जोखिम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- फुटबलले फड्को मारेको धेरै लामो समय भएको छैन् । क्याराभान गोल्डकपदेखि पोखरामा फुटबलमा नयाँ मोड लिएको छ । सहारा क्लबले व्यवसायिक फुटबलमा १७ वर्ष वितायो । १७ वर्षको दौरानमा उतारचढाव आईलाग्यो । १७ वर्षको इतिहासमा सबैभन्दा जटिल परिस्थिति अहिले सृजना हुन पुग्यो ।

पोखरा रंगशाला फुटबल मैदानको पुर्व पश्चिमका दुवै प्यारापिट भत्काईएको छ । यसले क्लबलाई दर्शक व्यवस्थापन गर्न निकै सकस बनाएको छ । प्यारापिट नहुदाँ दर्शक चौरमै बस्नुपर्ने अवस्था छ । भत्काईएको प्यारापिटमै भएपनि व्यवस्थापन गर्ने गृहकार्य गरेको छ । दर्शक प्यारापिट र भिआईपी प्यारापिट भत्काउँदा थुप्रिएको फोहोर समेत व्यवस्थापनको सकस बढेको छ । प्यारापिट बनाउन खर्च बढेको छ । त्यसले पनि अर्को सकस थपिएको छ । आफनो प्रतिष्ठा जोगाउन निरन्तरताको प्रयासले अहिले सहारालाई १६ औं सस्करणमा सकस बढाएको हो । दुर्घटना निम्त्याउने खतराले पनि सहारालाई सकसमाथि सकस थपिएको छ । भत्किएको प्यारापिटमा दर्शक जर्वजस्ती बस्नु मुर्खता हुने देखिन्छ ।

‘यो वर्ष विगतको भन्दा खर्च बढी हुन्छ । त्यो भन्दा बढी सकसको भएको छ ।’ सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले भने—‘तर पनि व्यवस्थापन गरी दर्शकलाई सहज रुपमा हेर्ने बातावरण मिलाएका छौं ।’ उनका अनुसार भत्काईएको भीआईपी प्यारापिटका उत्तर र दक्षिण तर्फ अस्थायी प्यारापिट निर्माण गरिएको छ । यतिबेला निकै जोखिमको अवस्थामा गोल्डकप हुर्दै छ । त्यसको निराकरण गर्ने तर्फ क्लबले विशेष ध्यान र चासो दिनुपर्ने खाँचो छ । टिनले विगतमा झैं बारिएको छ । तर उदाङ्गो छ पोखरा रंगशालाको फुटबल मैदान ।