कोरियन खेलाडी चुङसँग जोकोभिच सोझो सेटमा पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७४ मा प्रकाशित


chung went to semifinal in australian open 2018

एजेन्सी(खेलाडी न्युज) — छ पटकको अष्ट्रेलियन ओपन च्याम्पियन नोभाक जोकोभिचले २०१८ को अष्ट्रेलियन ओपनको कोर्टबाट बिदाई लिएका छन् । सोमबार उनी कोरियन खेलाडी ह्योन चुङसँग नतमष्तक सोझा सेटमा पराजित भए । १४ औं बरियतामा रहेको जोकोभिचको पराजित खराब लयबाट गुज्रिए ।

रड लभेर एरिनामा जोकोभिच कोरियन खेलाडी ह्योन चुङले पहिलो सेट टाइब्रेकरमा ७—६ लिए । दोस्रो सेट पनि उनले ७—५ मा लिदैं टाइब्रेकरमा पुग्नबाट रोकिए । तेस्रो सेट पनि चुङले टाइब्रेकमा लिदैं जोकोभिचको यात्रालाई पूर्णविराम लगाए । अन्तिम सेट दुवैले आफनो सर्भिस प्वाइन्ट गुमाएनन् । अन्तत टाइब्रेकमा ७—६ को स्थितिमा लिए । एशियाली महादिपका चुङ ग्राण्डस्लाममा उदीयमान खेलाडीको रुपमा देखिएका छन् ।