सुदुर पश्चिमलाई मैदानमा स्वागत गर्दै सहारा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा

दर्शकलाई वर्षदिनको प्रतीक्षा सकिएको छ । मोफसलकै उत्कृष्ठ फुटबल प्रतियोगिता आहा राराको १६ औं संस्करण आजदेखि शुरु हुदैं छ । अबको केही घण्टापछि पोखरा रंगशालामा आयोजक सहारा र सुदुर पश्चिम ११ स्र्पोटिङ बीच फुटबल ‘किक’ हुने छ । गतवर्षको अनुभवलाई नियाल्दा सुदुर पश्चिम केवल पोखराको आतित्थ्यतालाई मात्रै स्वीकारेर फर्किएको थियो । १५ औं सस्करणमा आयोजक सहारासँग ४—० गोलले पराजित हुदैं बिदा लिएको थियो ।

प्रतियोगिताको लागि सुदुर पश्चिमको टोली दुई अघि मात्रै पोखरा आईपुगेको हो । पोखराको मौसममा घुमिल हुनैको लागि दुई दिन अघि पोखरा आईपुगेको हो । आहा रारा गोल्डकपमा सुदुर पश्चिमको यो सम्भवत तेस्रो सहभागिता हो । तेस्रो सहभागितलाई अविस्मरणीय बनाउने धुनमा सुदुर पश्चिम जुट्ने छ । आयोजक सहाराले पनि गतवर्षको उपविजेताको शाख जोगाउन उद्दत देखिन्छ । घरेलु टोलीले १२ औं सस्करणको उपाधि उचालिसकेको छ भने दुई पटक उपविजेता भईसकेको छ ।

घरेलु टोलीले अधिकांश युवाहरु छन् । दुई अफ्रिकन र मनाङ मस्र्याङ्दीका पुर्व गोलकिपर विशाल श्रेष्ठलाई पोष्ट सम्हाल्ने छन् । त्यो सँगै घरेलु दर्शकको समर्थन पनि उच्च रहने आशा र विश्वास छ । भत्काईएको प्यारापिटले प्रतियोगिता खल्लो लाग्ने छ । आम दर्शकले पोखराको फुटबललाई उच्च स्थान दिएपनि भत्काईएको प्यारापिटले जोखिम भने उत्तिकै बढाएको छ ।

सुदुरपश्चिम टोली खप्तड गोल्डकपको सेमिफाईनलमा पराजित भएको थियो । सहारा क्लबलाई टाइब्रेकरमा पराजित गरेको एपीएफसँग पराजित हुदैं घरेलु भूमिमा उपाधि जोगाउने रणनीति असफल भएको थियो । यद्यपी उच्च मनोबल लिएर सुदुरपश्चिमेली टोली पोखरा आईपुगेको छ ।

प्रतियोगितालाई हिमश्री फुड्को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । बेष्ट अफ फाईभले नगद सहित ट्रफी, दर्शकले स्कुटर र टिभी पाउने छन् । एक रुपैयाँ प्रतिटिकटको संकलित रकम जिल्लाखेलकुद विकास समिति कास्कीलाई प्रदान गरिने छ ।