सुदुरपश्चिमको गोल्डकप यात्रा लम्बिदैं, सहारा उदघाटनाट बिदाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा –सहारा क्लबको न्यानो आतित्थ्यतालाई स्वीकार्दै सुदुर पश्चिमले आत्मसात गर्दै क्र्वाटरफाईनल प्रवेश गर्दा आयोजक निराश बन्न पुग्यो । आहा राराको १६ औं सस्करणमा उदघाटन खेल्दै ३—० ले पराजित गर्दै गतवर्षको नतिजालाई सुदुर पश्चिमले उल्ट्याएको छ । गतवर्षको संस्करणमा सहारा सुदुर पश्चिमलाई ४—० को फराकिलो अन्तरले पराजित हुदैं फाईनलसम्मको यात्रा तय गरेको थियो ।

घरेलु खेलाडीलाई मात्रै प्राथमिकतामा राखेर मैदान उतारेको सहाराले सुदुर पश्चिमको चुनौतिलाई पन्छाउनै सकेन् । विगतमा विदेशी खेलाडी खेलाउँदै गर्विलो छवि बनाएपनि सहाराले पाएका अवसर गुमाउँदा उदघाटन खेलबाट सहाराले बिदाई लिन पुग्यो । अधिकांश समय बल आफनो नियन्त्रणमा लिएपनि सहाराले दोस्रो हाफमा लय समात्न सकेन् । पहिलो हाफमै गोलको समना गरेको सहारा दोस्रो हाफमा भने थप दुई गोल खाँदै गोल्डकपको उदघाटन खेलबाटै चिप्लियो । लङ थ्रो बललाई सहाराका डिफेन्सले क्लियर गर्न नसकेपछि धनबहादुर थापाले सिक्सयार्ड बक्सबाट गोल गर्दै सुदुर पश्चिमलाई पोखराको यात्रालाई अझै लम्ब्याउने संकेत देखायो ।

दोस्रो हाफको ७८ औं मिनेटमा मनिराम चौधरीले क्लबको लागि दोस्रो गोल थप्दै अन्तर बढ्यो । ९० प्लस २ मिनेटमा राकेश हमालले अर्को गोल थपेपछि सहाराले हार स्वीकार्यो । पहिलो हाफमा सहाराले महत्वपूर्ण अवसर गुमायो । २१ औं मिनेटमा रिचर्ड पुनको पासलाई विनोद गुरुङले डिफेन्सलाई कटाउँदै गोलकिपर अगाडि बढेको अवस्थामा समेत क्रसबारमाथि हिर्काए । दोस्रो हाफमा पनि सरोज योन्जनको ग्रासबललाई त्रिदेव गुरुङले क्रसबार माथि फोले । ५८ औं मिनेटमा पनि त्रिदेवको पासलाई उत्तम गुरुङको ठाँउमा मैदान छिरेका विजय श्रेष्ठले खेर फाले । उनले ६८ औं मिनेटमा त्रिदेवकै पासमा विजयले अर्को अवसरलाई चुकाए ।

आहा रारा गोल्डकपलाई हिमश्री फुड्सको मुख्य प्रायोजन, रेडबुलले उप प्रायोजन गरेको छ । कोकाकोला, सानमिगेल वियर, पृथ्वीराजमार्ग बस सञ्चालक समिति, मेची बस व्यवसायी संघ, एक्स टेप स्पोर्ट फेशन, लुम्बिनी विकास बैंक, जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति, राखेप, एन्फाहोटल गुडविल, प्रायोजनको भूमिका छन् । वेष्ट अफ फाईभ, बेष्ट प्लेयर, म्यान अफ दि म्याच, अफिसियल ट्रफी साथै नगद ५ हजार रुपैयाँको प्रायोजन सहारा युकेले गरेको छ । हङकङ निवासी देव गुरुङले समेत सहयोगी भूमिका खेलेका छन् । नेपाल पर्यटन बोर्ड, पोखरा लेखनाथ महानगरपाकिाले प्रवद्र्धक र संयोजनकारी भूमकिा छन् ।

विजेता क्लबले ७ लाख १ हजार नगद पुरस्कार पाउने छ । उपविजेताले ३ लाख ५१ हजार पाउने छ । त्यसैगरी बेष्ट अफ फाईभलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यसैगरी प्रत्येक खेल वापत प्रिक्र्वाटर फाईनल विजेतालाई नगद २० हजार, पराजित टिमलाई १० हजार, क्र्वाटरफाईनल ३० हजार, हार्नेले २० हजार नगद अतिरिक्त रकम पाउने छ । त्यस्तै दुई सेमिफाईनल टोलीलाई नगद ५० हजार रुपैयाँ दिईने छ । दर्शकले हिरो ड्यास स्कुटर र टिभी पाउने छन् । प्रतियोगिताको उदघाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरेका थिए ।