नाडाल रिटार्यस, क्लिसिक अष्ट्रेलियन ओपनको सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)- अष्ट्रेलियन ओपनको क्र्वाटरफाईनलबाट शीर्ष बरियताका राफाल नाडाल बाहिरिएका छन् । पाँचौ सेटमा छैटौं स्थानमा रहेका मरिन स्लिकसित पराजित हुदैं ग्राण्डस्लाम जित्दै स्वर्णिम बनाउने अभियानमा तुषरापात भएको छ ।

पहिलो सेट ६—३ ले सहजै लिएका नाडाल दोस्रो सेट भने उस्तै ३—६ ले गुमाए । तेस्रो सेट नाडालले टाईब्रेकरमा लिदैं सेट २—१ को अग्रतामा ल्याए । उनले तेस्रो सेट ७—६ (टाइब्रेकरमा ७—५)मा लिका थिए । तर चौथो सेटमा फेरी लय गुमाउँदा ६—२ को अवस्थामा पराजित हुन पुगे । अन्तिम सेटमा पनि नाडालको सर्भिस प्वाइन्ट ब्रेक गरिदिए । पाँचौ सेटमा २—० ले पछाडि परेको अवस्थामा नाडाल रिटार्यस भएपछि स्लिक सेमिफाईनलको यात्रा तय गरेका हुन् ।

यसैगरी बेलायती कायले एडमण्ड तेस्रो स्थानमा रहेका ग्रिगोर डिभिट्रोभलाई पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाए । एडमण्डले सोझो तीन सेटमा पराजित गर्दै अन्तिम चारका प्रवेश गरेका हुन् । उनले डिभिट्रोभलाई ६—४, ६—३, ६—४ को सेटले पराजित गरेका थिए ।