
पोखरा(खेलाडी न्युज)- राष्ट्रिय खेलकुद परिषदले प्रतिभा पहिचान तथा विकास परियोजना सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिलाई परिपत्र गरेको छ । विद्यालयस्तरदेखि नै खेलकुदको विकास गर्ने लक्ष्य सहित परिषदले भलिबल, एथलेटिक्स र कबड्डी खेलको लागि प्रतिभा पहिचानको लागि पत्रचार गरेको हो ।
भलिबलको लागि १२ जना, एथलेटिक्सको लागि १४ जना र कबड्डीको ८ जना गरी प्रतिभा छनोट गर्न नेपाल खेलकुद विज्ञान प्रतिष्ठान प्रशासन प्रमुख अनन्तादेवी खनालद्वारा परिपत्र भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । परियोजना आउँदो फागुन ३ गतेदेखि सञ्चालन हुने छ । असार मसान्तसम्म सञ्चालन हुने परियोजनाको लागि स्थानीयस्तरबाटै प्रतिभा छनोटको लागि जुट्नुपर्ने देखिन्छ । १०—१२ वर्ष उमेर समूहका बालबालिकालाई खेलकुदप्रति आकर्षित गराउने उद्देश्यसहित परियोजना शुरु गरिएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…