भारतीय टेष्ट क्रिकेटमा भुवनेश्वरको किर्तिमानी ६२ विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- भुवनेश्वर कुमार भारतीय टेष्ट क्रिकेट करियरमा सर्वाधिक विकेट लिने भारतीय बलर बनेका छन् । उनले दक्षिण अफ्रिकासितको अन्तिम टेष्टको पहिलो इनिङमा ३ विकेट लिदैं टेष्ट क्रिकेटमा विकेट संख्या ६२ पुर्याएका हुन् ।

भारती तेज बलर चेतन शर्मालाई पछि पार्दै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । उनले सबैखाले क्रिकेटमा सर्वाधिक विकेट लिने दक्त फडकरसँग बराबरी गरेका छन् । यद्यपी भुवनेश्वरले दोस्रो इनिङमा समेत विकेट लिने सम्भावना छ । शर्माले टेष्ट क्रिकेटमा ६१ विकेट लिएका थिए । उनी भारतीय क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा ३५ औं बनेका छन् । भुवनेश्वले तेस्रो टेष्टमा दक्षिण अफ्रिकी हसिम अम्लाको विकेट लिए । जुन विकेटलाई अम्लाले लामो समयसम्म सम्झिरहने छन् ।

तेस्रो टेष्टमा तीन विकेट लिएका भुवनेश्वरको विषयमा भारतीय टिम व्यवस्थापन बारे बहस चलेको छ । अघिल्लो दुई टेष्टमा ड्रप भएका भुवनेश्वरलाई अन्तिम टेष्टमा मौका दिईएको थियो । उनले रेकर्ड बनाएपनि भारत पहिलो इनिङ्समा सात रनले पछि परेको छ । भारत १८७ रनमा अलआउट हुदाँ दक्षिण अफ्रिकाले भने १९४ मा सबै विकेट गुमाउँदै इनिङ्स टुग्याएको थियो ।