
धन बस्नेत, पोखरा- सात पटकको फाईनलिष्ट विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपमा मोफसलको टोली रमपम झापा ११ सित १६ औं सस्करणको आहा रारामा आज शुक्रबार अन्तिम प्रिक्र्वाटरफाईनल खेल्ने छ ।
पोखराको मैदानमा नेपाल पुलिस क्लब र रमपम झापा ११ बीचको भेट तेस्रो हो । दुवैले एक एक जित हासिल गरेका छन् । नेपाल पुलिस क्लबले झापालाई पहिलो आहा गोल्डकपको क्र्वाटरफाईनलमा ३—१ गोल अन्तरले पराजित गरेको थियो । रमपम झापाले पनि नेपाल पुलिस क्लबलाई १४ औं सस्करणमा प्रिक्र्वाटरकै अन्तिम खेलमा २—० गोल अन्तरले पराजित गरेको थियो । आजको खेल पनि १४ औं सस्करणको झल्को दिने छ ।
आहाको सस्करणमा पुलिसको सहभागिता यो १४ औं हुने छ । दुई सहभागितामा मात्रै अनुपस्थित भएको पुलिसले लगातार आहा गोल्डकपमा आफनो उपस्थितिलाई निरन्तरता दिदैं आएको छ । तर पछिल्लो समय पुलिसको खेलस्तर निकै कमजोर देखिएको छ । सहभागितालाई नियाल्ने हो भने रमपम झापाले पनि चार पटक आफनो सहभागिता जनाईसकेको छ । यद्यपी एक पटक काकटभिट्टा र अर्को नाईटचेस क्लब झापालाई पनि समावेश गर्ने हो भने सहभागिता छैटौं पटक हुन्छ । तर झापा ११ कै नाममा भने १६ औं सस्करणमा पाँचौ हुने छ ।
झापाले आहामा सेमिफाईनलसम्मको यात्रा तय गरेको छ । १४ औं मा मनाङ मस्र्याङदीसँग पराजित हुदैं यात्रालाइ विट मारेको थियो । पुलिसको छवि भने पोखरामा उच्च छ । पुलिस क्लबले चार पटक आहाको उपाधि उचालिसकेको छ । चारपटकको विजेताले आज पोखरा रंगशालामा आफनो गरिमामय छविलाई रक्षा गर्न मैदानमा उत्रिदाँ रमपमले भने फाईनल खेल्ने सपनालाई पुरा गर्ने लक्ष्यमा देखिने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…