
एजेन्सी— म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मोरिन्होले क्लब सम्झौता लम्ब्याएका छन् । ५४ वर्षिय मोरिन्होले युनाईटेडको लागि थप तीन वर्षको लागि सम्झौता गरेका हुन् । अब उनी क्लबको प्रशिक्षकमा २०२० सम्म रहने छन् ।
पोर्चुगिज प्रशिक्षक मोरिन्होले गतवर्ष इएफएल कप, फा कम्युनिटि शिल्ड तथा युरोपा लिग २०१६—१७ जितेका थिए ।
दुईवर्षअघि लुईसभान गालको ठाँउमा युनाईटेडले क्लबको प्रशिक्षको जिम्मेवारी मोरिन्होलाई सुम्पिएको थियो । मोरिन्होले युनाईटेडलाई नयाँ सिजनमा उत्कृष्ठ क्लबको रुपमा लैजाने अबको लक्ष्य रहेको बताएका छन् । प्रिमियर लिगमा युनाईटेड दोस्रो स्थानमा छ । मोरिन्होले आर्सनलका भरपर्दा खेलाडी अलेक्स सान्चेजलाई भित्र्याउँदै टोलीलाई बलियो बनाउने प्रयासमा छन् । यद्यपी उनले अहिले फेरी मोरिन्होले सिजन अगावै रियल मड्रिडका खेलाडीलाई युनाईटेडमा भित्रयाउन आखाँ लगाईराखेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…