अष्ट्रेलिया विरुद्धको चौथो वान डेमा इग्ल्याण्डको खराब शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १२ गते २०७४ मा प्रकाशित


एजेन्सी—सिरिज कब्जा गरिसकेको इग्ल्याण्डले अष्ट्रेलिया विरुद्धको चौथो वान डेमा खराब लयमा देखिएको छ । टस हारेर व्याटिङको लागि मैदान झरेको इग्ल्याण्डले अहिले व्याटिङ गरिरहेको छ । छ विकेट गुमाईसकेको छ । १० ओभरको खेल सकिदा इग्ल्याण्डले ५ विकेट गुमाउँदै केवल १८ रन मात्रै जोडेको थियो । जुन वान डे श्रृखंलामा सबैभन्दा कमजोर स्कोर हो । व्याट्सम्यानहरु सस्तैमा आउट भएपछि दवावमा खेलिरहेको छ इग्ल्याण्डले ।

जे रोय केवल दुई बलको सामना गर्दै शून्य रनमै पवेलियन फर्किए । हज्लेउडको बलिङमा स्मिथले क्याट आउट गर्दा इग्ल्याण्डको खातामा रन भने शून्यमै थियो । त्यसपछि ९ बल खेल्ने क्रममा हज्लेउडले नै पवेलियनको बाटो देखाउने क्रममा पायनेले क्याच गरिदिए । त्यसपछि ११ बल खेलेका एडी हलेस पनि कुमिन्सको आउट गरिदिए । उनले केवल तीन रनको अवस्थामा क्रिजमा थिए । जे.ई रुट पनि शून्यमै आउटहुदाँ इग्ल्याण्ड दवावमा रह्यो । तेस्रो वान डे म्याचमा शतक पुरा गरेका रुट चौथो वान डेमा केवल ७ बलको मात्रै सामना गर्न भ्याए ।

मोर्गानले इग्ल्याण्डलाई सम्हाल्ने क्रममा ३३ रनको योगदान दिए । तर बटलर पनि दुईबल खेल्दा शून्य रनमा आउट हुदाँ इग्ल्याण्डको खराब लयलाई अन्य व्याट्सम्यानले दोहोर्याए । अहिले इग्ल्याण्डको इनिङलाई मोहम्मद अलि र सि.आर ओयक्सले सम्हालिरहेका छन् । अष्ट्रेलियका बलर जे(आर हज्लेउड र पि.जे कुमिन्सले तीन तीन विकेट लिईसकेका छन् । पाँच दिवसिय सिरिजलाई इग्ल्याण्डले ३—० ले अग्रता लिदैं कब्जा गरिसकेको छ ।