सुमनको गोलमा पुलिसको क्र्वाटरफाईनल यात्रा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १२ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- दुई वर्ष अघिको हारको बदला लिदैं नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको यात्रा सुरक्षित बनाउँदा झापाली टोली निराश बन्न पुग्यो । १३ औं मिनेटमा सुमन लामाले गरेको गोल पुलिसको लागि क्र्वाटरफाईनल पुग्ने सहज माध्यम बन्दा झापाले फाईनल खेल्ने सपना साकार हुन सकेन् । १४ औं सस्करणमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गरेको रमपम झापा भने प्रिक्र्वाटरको खेलबाट १६ औंं संस्करणको आहा रारा गोल्डकपको यात्रालाई विट मार्यो ।
सात पटकको फाईनलिष्ट विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपमा मोफसलको टोली रमपम झापा ११ लाई कठिन जित निकाल्दै गोल्डकप यात्रालाई अगाडि बढायो । पोखराको मैदानमा नेपाल पुलिस क्लब र रमपम झापा ११ बीचको भेट तेस्रो हो । दुवैले एक एक जित हासिल गरेका छन् । नेपाल पुलिस क्लबले झापालाई पहिलो आहा गोल्डकपको क्र्वाटरफाईनलमा ३—१ गोल अन्तरले पराजित गरेको थियो । रमपम झापाले पनि नेपाल पुलिस क्लबलाई १४ औं सस्करणमा प्रिक्र्वाटरकै अन्तिम खेलमा २—० गोल अन्तरले पराजित गरेको थियो । शुक्रबारको खेलले १४ औं सस्करणको झल्को दिएको थियो ।

आहाको सस्करणमा पुलिसको सहभागिता हो । दुई सहभागितामा मात्रै अनुपस्थित भएको पुलिसले लगातार आहा गोल्डकपमा आफनो उपस्थितिलाई निरन्तरता दिदैं आएको छ । रमपम झापाले पनि चार पटक आफनो सहभागिता जनाईसकेको छ । झापाले आहामा सेमिफाईनलसम्मको यात्रा तय गरेको छविलाई प्रिक्र्वाटरबाटै मलिन बनायो । १४ औं मनाङ मस्र्याङदीसँग पराजित हुदैं झापाले यात्रालाइ विट मारेको थियो । पुलिस क्लबले चार पटक आहाको उपाधि उचालिसकेको छ ।
बलमाथिको नियन्त्रण कम, हतार र हताश अनि गलत पासले रमपम झापा हारको स्थितिमा पुग्यो । झापाले ९० मिनेटमा अवसरको सृजना खासै गर्न सकेन् । ३८ औं मिनेटमा सौरभ मगरको पासलाई विकेश लिम्बुले बललाई हेडिङ गर्न भ्याएनन् । ५२ औं मिनेटमा हिसुब थपलियाको क्रसबलाई कर्ण लिम्बुले हानेको हेडबललाई गोलकिपरले पन्च गर्दै बचाउँदा झापाले कर्नरको मौका पायो ।

एक गोलले पछि परेपछि निकै हतारिएको झापाले बलमाथिको नियन्त्रण लिने प्रयास गरेपनि पुलिसे टोलीले असफल बनाईदिए । खेलको ८ औं मिनेटमा पुलिसका सुमन लामाले पहिलो मुभलाई खेर फाले । हेम तामाङले मिलाईदिएको पासलाई गोलकिपर मात्रै भएको अवस्थामा पनि प्रहार गर्नबाट चुकिदिए । ५७ औं मिनेटमा म्यान अफ दि म्याच रवि पासवाको क्रस बललाई अभिषेक रिजालले हानेको ‘लो’ हेडबललाई डिफेन्सको खुट्टामा लागेपछि कर्नर हुन पुग्यो । ७६ औं मिनेटमा पनि सन्तोष हेमसारुको पासलाई तेज तामाङले सिक्सयार्ड बक्सबाट गरेको फ्लिक आउट हुन पुग्यो । शनिबार उत्तर बरिन्धरा बंगलादेशसँग सुदुर पश्चिम ११ ले पहिलो क्र्वाटरफाईनल खेल खेल्ने छ ।