इग्ल्याण्ड तीन विकेटले पराजित, पाँच खेलको श्रृखंला ३—१ स्थिति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १२ गते २०७४ मा प्रकाशित


एजेन्सी—अष्ट्रेलियाले चौथो वन डेमा इग्ल्याण्डलाई तीन विकेटले पराजित गर्दै पाँच खेलको श्रृखंला ३—१ अवस्थामा पुर्याएको छ । टिएम हेडले ९६ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि अष्ट्रेलियाको जितको आधारशिला तयार भएको थियो । एमआर मार्शले ३२ रनको योगदान गरे । २५ पायनेले हिर्काए । तर अन्य व्याट्सम्यानको उत्कृष्ठ प्रदर्शन नरहेपनि अष्ट्रेलियाले चौथो वान डे ७८ बल बाँकी हुदाँ जित्यो । डेविड वार्नरलाई अष्ट्रेलियाले सस्तैमा गुमाएपछि दवाबमा रहेको अष्ट्रेलियाको इनिङलाई हेडले सम्हाले । ह्वाईटलाई ३ रनमा गुमाउँदा अष्ट्रेलिया पनि कमजोर बन्दै गएको थियो । स्मिथलाई ४ रनमै पवेलियन फर्किएको देखेको अष्ट्रेलियालाई मार्स र हेडले उत्कृष्ठ पारी खेले । स्टोनिसले पनि १४ रन बनाई आउट भएपछि पायनेले २५ रन बनाई क्रिजमा रहे । कुमिन्सलाई पनि ३ रनमै गुमाएपछि टाय र कुमिन्सले अष्ट्रेलियालाई जितसम्म डोहो¥याए । इग्ल्याण्डी बलर एयु रसिदले ३ विकेट लिए ।

इग्ल्याण्ड चौथो वान डेमा खराब लयबाट शुरुवात गर्यो । चार चौका र पाँच छक्का हिर्काउँदै ओयक्सले ८२ बल खेल्दै ७८ रन जोडेपछि इग्ल्याण्डले १९६ रनको सम्मानजनक स्कोरमा पुर्याएका थिए । टिके कुरानले ३५, मोहम्मद र मोर्गानले ३३—३३ रनको योगदान दिएका थिए । टस हारेर व्याटिङको लागि मैदान झरेको इग्ल्याण्डले अहिले व्याटिङ गरिरहेको छ । छ विकेट गुमाईसकेको छ । १० ओभरको खेल सकिदा इग्ल्याण्डले ५ विकेट गुमाउँदै केवल १८ रन मात्रै जोडेको थियो । जुन वान डे श्रृखंलामा सबैभन्दा कमजोर स्कोर बनाएको थियो ।  जे रोय केवल दुई बलको सामना गर्दै शून्य रनमै पवेलियन फर्किए । हज्लेउडको बलिङमा स्मिथले क्याट आउट गर्दा इग्ल्याण्डको खातामा रन भने शून्यमै थियो । त्यसपछि ९ बल खेल्ने क्रममा हज्लेउडले नै पवेलियनको बाटो देखाउने क्रममा पायनेले क्याच गरिदिए । त्यसपछि ११ बल खेलेका एडी हलेस पनि कुमिन्सको आउट गरिदिए । उनले केवल तीन रनको अवस्थामा क्रिजमा थिए । जे.ई रुट पनि शून्यमै आउटहुदाँ इग्ल्याण्ड दवावमा रह्यो । तेस्रो वान डे म्याचमा शतक पुरा गरेका रुट चौथो वान डेमा केवल ७ बलको मात्रै सामना गर्न भ्याए ।

मोर्गानले इग्ल्याण्डलाई सम्हाल्ने क्रममा ३३ रनको योगदान दिए । तर बटलर पनि दुईबल खेल्दा शून्य रनमा आउट हुदाँ इग्ल्याण्डको खराब लयलाई अन्य व्याट्सम्यानले दोहोर्याए । अहिले इग्ल्याण्डको इनिङलाई मोहम्मद अलि र सि.आर ओयक्सले सम्हालिरहेका छन् । अष्ट्रेलियका बलर जे(आर हज्लेउडले ३, पाट कुमिन्सले चार तथा एजे टायले ३ विकेट लिएका थिए । अष्ट्रेलियाका चार विकेट लिने बलर पाट कुमिन्स म्यान अफ दि म्याच बने । पाँचौ दिन अन्तिम वान डे भने २८ जनवरीमा हुने छ ।