
पोखरा(खेलाडी न्युज)- दुरदेखि आएको बंगलादेशलाई पोखराको मैदानमा सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबले स्वागत गर्दै छ । सहारा क्लबको १६ औं सस्करणको गोल्डकपको निम्तोलाई स्वीकार्दै पोखरा रंगशालाको मैदानमा आईपुगेको उत्तर बरिन्धरा फुटबल क्लब बंगलादेशी टोलीसँग सुदुर पश्चिमले पहिलो क्र्वाटरफाईनल खेल्ने छ ।
गोल्डकपमा न्यानो आतिथ्यतासँगै स्तरीय फुटबल खेल्ने विश्वास आम दर्शकले लिएका छन् । सुदुर पश्चिमले पनि घरेलु टोली सहारा क्लबलाई ३—० गोलले पराजित गर्दै क्र्वाटरफाईनल तय गरेको थियो । जितले उत्साहित बनेको सुदुरपश्चिमले आज बंगलादेशी टोलीसँग कस्तो फुटबल खेल्छ भन्ने हेर्न बाँकी छ । यद्यपी बंगलादेशी टोलीको खेलाडी पनि कतिस्तरीय छन् भन्ने आजको खेलले निर्धारण गर्ने छ । यद्यपी गोल्डकपमा आएको विदेशी टोली खासै स्तरीय भने देखिएका छैनन् ।
बंगलादेशी टोलीमा ए डिभिजन र केही राष्ट्रिय खेलाडी समावेश गरेर टोली आउने आयोजकले सार्वजनिक समारोहमा दिएको अभिव्यक्ति कत्तिको साकार हुन्छ त्यो हेर्न बाँकी छ । अर्को पाहुना टोली सिक्किम युनाईटेड क्लब भने गोल्डकपबाट बिदाई लिई सकेको छ । सुदुर पश्चिम आहा राराको १३ औं सस्करणमा सेमिफाईनलसम्म पुगेको थियो । मनाङ मस्र्याङ्दीक्लबसँग २—० गोल अन्तरमा पराजित हुदैं बाहिरिएको टोलीले नयाँ पुरानो छविलाई कायमै राख्नको लागि खेल्ने छ । – तस्वीर फाईल


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…