
म्यानचेस्टर (एजेन्सी)- लामो समयपछि म्यानचेष्टर युनाईटेडले ७ नम्बरको जर्सी मैदानमा उतार्यो । भर्खरै मात्रै म्यानेचष्टर युनाईटेडमा भित्रिएका एलेक्स सान्चेजले ७ नम्बरको जर्सीसहित मैदानमा उत्रिदै डेब्यु गरे । उनको डेब्युसँगै दिएको पासले तल्लो श्रेणीको क्लब योभिल टाउनमाथि ४—० गोलले पराजित गर्दै सुखद नतिजा आत्मसात गरे । स्यान्चेजर्ले म्यानचेष्टर युनाईटेड पहिलो रोजाइबाट खेल सुरुवात गरेका थिए ।
पहिलो गोल उनकै पासमा मार्कस रासफार्डले गरे । खेलको ४१ औं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका एलेक्स सान्चेज डेब्यु गरेको खेलमा असिस्ट पनि दिए । उनकै पासमा आन्देर हरेराले ६१ औं मिनेटमा युनाइटेडको अग्रता दोब्बर पारे । अन्य दुई गोल वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जेसी लिङ्गार्ड र रोमेलु लुकाकुले गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…