पोखरा(खेलाडी न्युज)- आधा घण्टापछि भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि खेलाडी लिलामी शुरु हुदैै छ । विभिन्न देशका ५७८ जना खेलाडी लिलामीमा छन् । विभिन्न आठ फ्रेन्चाईज कम्पनीले ती खेलाडीलाई आफनो क्लबमा सामेल गर्न खरीद गर्ने छन् । सन २००८ बाट शुरु गरिएको प्रतियोगिताको यो सबैभन्दा ठूलो लिलामी हुने छ । कम्पनीले १८ खेलाडीलाई लिलामीको लागि खुला गरेपछि शुरु सबैलाई खरीद विक्रीको लागि बकेटमा राखिने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने लिलामीमा छन् । उनी भारतीय प्रिमियर लिगमा सहभागि हुने पहिलो खेलाडी हुन् । प्रत्येक टोलीमा अधिकतम ८ खेलाडी विदेशी राख्न पाईन्छ । नेपाली क्रिकेट सन्दीप लामिछानेको शुरुवाती मूल्य २० लाख भारु(३२ लाख नेपाली रुपैयाँ) राखिएको छ । उनीसँगै विभिन्न देशका २१८ खेलाडी छन् । भारतीय ३६० जना खेलाडी लिलामीमा छन् ।
आठ फ्रेन्चाईज क्लबले १८ देखि २५ जना खेलाडीलाई राख्न सक्ने प्रावधान छ । ८ विदेशी खेलाडी खरीद गर्न पाउने प्रावधान रहेपनि प्रतियोगिताको समयमा भने चार विदेशी खेलाडीलाई समाहित गर्नपाउने छन् । लिलामीको लागि ८० करोड भारु खर्च गर्न पाउने सीमा तोकिएको छ । लिलामीमा देशको लागि खेलिसकेका ६८ खेलाडी छन् भने २९८ जना भारतीय खेलाडी विभिन्न क्लब मार्फत खेलेका छन् । यद्यपी उनीहरुले राष्ट्रिय जर्सीमा देखिएका छैनन् । १३ भारतीयसहित ३६ खेलाडी जसको न्यूनतम मूल्य नै दुई करोड भारु तोकिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…