
एजेन्सी(मेलबर्न)— टेनिसका लेजेण्ड स्वीस भेट्रान्स ३७ वर्षिय रोजर फेडेररले करियरको २० औं ग्राण्डस्लाम अन्तर्गत अष्ट्रेलियन ओपन जित्दै नयाँ इतिहास कोरेका छन् । छैैटौं बरियताका मरिन सिलिचलाई मेलबर्नको रड लेभर एरिनामा आईतबार ६—२, ६—७, ६—३, ३—६ र ६—१ को पाँचौ सेटमा पराजित गर्दै करियरको २० औं ग्राण्डस्लाम जिते । ३७ वर्षको उमेरमा उपाधि जित्ने उनी दोस्रो खेलाडी हुन् । सन १९७२ मा केन रसवालले ३७ वर्षकै उमेरमा ग्राण्डस्लामको उपाधि जितेका थिए ।
पाँचौ सेटमा फेडेररको दुई ब्रेक प्वाईन्ट सिलिचले गुमाए । अनफोस्र्ड एरर हिर्काएपछि फेडेररले सेट सहजै लिए । अष्ट्रेलियन ओपनको सेमिफाईनलमा कोरियन खेलाडी ह्युन चुङ चोटग्रस्त हुदैं खेल त्यागेपछि फेडेरर फाईनल प्रवेश गरेका थिए । चुङ दोस्रो सेटमा घाईते हुन पुगेका थिए । फेडेररको यो छैटौं अष्ट्रेलियन ओपनको ट्रफी हो । पछिल्लो चारवर्षमा उनले खेलेको मुख्य पाँचवटा प्रतिस्पर्धामा मध्ये तीनवटा उनले जितेका हुन् । उनले जितपछि भने—‘उपाधि जित्ने सबैको सपना हुन्छ । जुन मेरो सपना आज साकार भएको छ ।’


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…