
पोखरा, (खेलाडी न्युज)- पोखरामा फुटबलका प्रशिक्षकहरुका लागि एक दिने कोचिङ क्लिनिक (प्रशिक्षण) कार्यक्रम हुदैै छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जापानका बरिष्ठ फुटबल प्रशिक्षकले प्रशिक्षण प्रदान गर्ने भएको संघका अध्यक्ष मिलन गुरुङले बताए ।
पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको पहलमा फन रुट्सका मालिक जुन हिरानो र जापानीज प्रशिक्षक ताकेसी तोकाइरिनले कास्कीका फुटबल प्रशिक्षकहरुलाई प्रशिक्षण गराउने एन्फा कास्कीका उपाध्यक्ष एवम पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङले बताए । प्रशिक्षक हिरानो जापान टोकियो स्थित फुटबलको व्यवसायिक संस्था फन रुट्स एकेडेमीका संचालक समेत हुन । पूर्व राष्ट्रिय खेलाडी गौचन सोही संस्थामा कार्यरत रहेका छन । उनीहरु आज सोमबार पोखरा आईपुग्ने छन् । प्रशिक्षण मंगलबार हुने छ । जापान कासिवा रेयसोलबाट जे लिगका पूर्व खेलाडी तोकाइरिन एयरफोर्सका पूर्व प्रशिक्षक समेत हुन । उनले हाल विश्वविद्यालय स्तरको फुटबल प्रशिक्षणमा समेत व्यस्त रहेका छन ।
जापानमा हरेक बर्ष १२ वर्ष भन्दा मुनिका १५ युवा खेलाडीहरुलाई निशुल्क फुटबल खेल्न लैजान छनौट गर्न पोखरा आउने क्रममा गौचनले यस पटक आफ्नै पहलमा प्रशिक्षकहरुलाई यो अवसर प्रदान गर्न थालेका हुन । उनले पोखराका रंगशालामा माघ १५ गते खेलाडी छनौट गर्ने र १६ गते प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको एन्फा कास्कीले जनाएको छ । प्रशिक्षण लिन चाहने हरुका लागि निशुल्क ब्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…