शसस्त्र पनि पेनाल्टी सुटआउटकै शिकार, थ्रीस्टार गोल्डकपकोे सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १५ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा-आहा राराको १६ औं सस्करणमा अर्को विभागीय टोली शसस्त्र प्रहरी बल पेनाल्टी सुटआउटमा पराजित हुदैं नेपाल आर्मीकै नियति दोहोरिदाँ रुस्लान थ्रीस्टारले उपाधिको दावेदारीमा प्रस्तुत गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि हानिएको पेनाल्टी सुटआउटमा ५—३ गोल अन्तरले पराजित हुदैं बाहिरिने शसस्त्र अर्को विभागीय टोली बन्यो । धरान फुटबल क्लबसँग पेनाल्टी सुटमै पराजित हुदैं नेपाल आर्मी अघिल्लो दिन बाहिरियो ।
आफना अफ्रिकन खेलाडी बिना पोखराको मैदानमा सोमबार उत्रिएको थ्रीस्टारले शसस्त्रको चुनौतिलाई ११० मिनेट रोक्यो । पाएका अवसरलाई सदुपयोग नहुदाँ निर्णयको सम्भावना पेनाल्टीमा पुग्ने बढ्दै गएको थियो । राजेन्द्र रावलको पेनाल्टी सुटलाई थ्रीस्टारका गोलकिपरले बचाउ गरेपछि शसस्त्रको सेमिफाईनल पुग्ने आशा समाप्त भईदियो । पेनाल्टी रोकेका थ्रीस्टार गोलकिपर एलन न्यौपाने म्यान अफ दि म्याचको हकदार समेत बने । अन्जन विष्ट, रन्जन विष्ट र नविन लामाको पेनाल्टी गोल हुन पुग्यो । पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रन्जित धिमाल, निराजन खड्का, सुनिल बल, विक्रम लामा र विजय धिमालले गोल गरे ।
८६ औं मिनेटमा थ्रीस्टारको भाग्यको परीक्षा हुन पुग्यो । बुद्ध चेम्जोङको प्रहार शसस्त्र प्रहरीको खेलाडीबाट रिफ्लेक्ट भएको अवसरलाई जीवन गुरुङले हानेको बल कर्भ हुदैं फष्टबारको बाहिरी भागमा लाग्दै बाहिरियो । ९० + १४ मिनेटपछि शसस्त्रको उस्तै अवसर खेर गयो । अन्जन विष्टको हेडबलाई थ्रीस्टार गोलकिपर समेत विट भईसकेको अवस्थामा रन्जित धिमालले गोललाईनबाटै हेड गर्दै बचाए । त्यस्तै अतिरिक्त समयकै ७ औं मिनेटमा नविन लामाले डिबक्स नजिकै पाएको फ्रिकिकलाई खेलाडीको बारमा लागेर फर्किएयो । खेलको ५७ औं मिनेटमा शसस्त्रका युवराज खड्काले हानेको हेडिङ खेर गयो । उनलाई सुदिप सिखाकारले पास मिलाईदिएका थिए ।
१२ औं थ्रीस्टारको उत्कृष्ठ मुभ गुम्यो । सुनिल बलले हानेको कर्नर बललाई निराजन खड्काको हेडिङ क्रसबारमा लागेर रिवाउण्ड हुन पुग्यो । ३७ औं मिनेटमा निराजन खड्काको व्याकपासलाई सुशान्त श्रेष्ठको प्रहार क्रसबार माथिबाट बाहिरियो । ३० औं मिनेटमा शसस्त्रका रन्जन विष्टको व्याक पासलाई तोपबहादुर विष्टले हानेको लङ बललाई थ्रीस्टारका गोलकिपरले पन्च सेभ गर्दै कर्नरको अवसर दिए । ९ औं मिनेटमै शसस्त्रका सुदिप सिखाकारको प्रहार थ्रीस्टार गोलकिपरबाट रिफ्लेक्ट बललाई युवराज खड्काले हेड हान्ने अवसर पाएपनि फितलो हुदाँ गोलकिपरकै हातमा दिए ।
आहाको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो । शसस्त्र प्रहरी बल भने फाईनलिष्ट थियो । पाँचौ, नवौ र १३ औं आहा रारा गोल्डकपको विजेता थ्रीस्टारले पुनरागमनपछि पोखराको मैदानमा पहिलो पटक भिडेका थिए । छैटौं सस्करणको उपविजेतामा चिक्त बुझाएको शसस्त्र प्रहरी बलले पुरानो सस्करण भन्दा उत्कृष्ठ शुरुवात गर्नै सकेन् । सहारा क्लबको आयोजनमा सञ्चालित आहा रारा गोल्डपको सहभागितामा भने शसस्त्रको यो ११ औं थियो छ भने थ्रीस्टारको यो नवौं सहभागिता हो । थ्रीस्टार इटहरी गोल्डकप विजेता समेत हो ।
भरतलाई सम्मान
प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आर्मीका स्ट्राईकर भरत खवासलाई उत्कृष्ठ वर्ष खेलाडी २०७३ बाट सम्मानित गरिएको छ । पश्चिमाञ्चल फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेको उत्कृष्ठ राष्ट्रिय खेलाडीबाट पहिलो संस्करणको पुरस्कार भरत खवासलाई प्रदान गरिएको हो । उनलाई दोसल्ला, सम्मानपत्र तथा नगद ३५हजारबाट सम्मानित गरिएको थियो ।