
पोखरा(खेलाडी न्युज)—आहा रारा गोल्डकपको १६ औं सस्करणको दौरानमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राईकर भरत खवासलाई पोखरामा सोमबार सम्मान गरिएको छ ।
खवासलाई उत्कृष्ठ वर्ष खेलाडी २०७३ बाट सम्मान गरिएको हो । प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आर्मीका स्ट्राईकर भरत खवासलाई नेपाली फुटबलमा गरेको योगदान र प्रदर्शनलाई ध्यानमा राख्दै उत्कृष्ठ वर्ष खेलाडीबाट सम्मानित गरिएको हो । पश्चिमाञ्चल फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेको उत्कृष्ठ राष्ट्रिय खेलाडीबाट पहिलो संस्करणको पुरस्कार भरत खवासलाई प्रदान गरिएको हो । उनलाई दोसल्ला, सम्मानपत्र तथा नगद ३५हजारबाट सम्मानित गरिएको थियो । तस्वीर सुदर्शन रन्जित


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…