
aaha rara gold cup
धन बस्नेत, पोखरा- फुटबल प्रेमी दर्शकले आज पोखराको मैदानमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दीको अन्तिम क्र्वाटरफाईनल खेल हेर्ने छन् । वर्षदिनको प्रतिक्षापछि आहा राराको अधिकांश सस्ंकरणमा फाईनलमा भेट हुने दुवै टोली १६ औं सस्करणमा भने अन्तिम क्र्वाटरफाईनलबाट एउटाले यात्रालाई विट मार्ने छ ।
यी दुवै टोली नयाँ भने होईनन् । चीरपरिचित प्रतिद्वन्द्वी समेत हुन् । दुवले स्तरीय फुटबल पस्कदैं विगतमा उपाधि उचाल्दै इतिहास लेखिसकेका छन् । मोफसलको गौरवपूर्ण इतिहास बोकेको गोल्डकप उचाल्ने सपना साँच्दै फेरी यी दुई टोली एक पटक पोखरेली मैदानमा उत्रिदैं छन् । पोखरामा दुबैको भेट क्याराभान गोल्डकपदेखि फाईनलमा हुदैै आएको छ । एकले अर्कोमाथि बाजी मार्दै उपाधि हत्याउँदै आएका छन् ।
क्याराभानसँगै दोस्रो र तेस्रोमा यी दुईको भेट भईसकेको छ । त्यसपछिको सस्करणलाई हेर्दा मनाङ मस्र्याङ्दी नवौं, दशौं, १२ औं, १३ औं, १४ औं र १५ औं आहा रारा गोल्डकपको फाईनलिष्ट टोली हो । नेपाल पुलिस क्लबले पनि पोखरामा आफनो गर्विलो छवि भने बनाएको छ । छैटौं, सातौं र आठौं सस्करणको फाईनल पुलिसले खेलेको छ । पुलिस यतिबेला युवा खेलाडीलाई मैदानमा उतारेको छ । नयाँ युवाजोशलाई निखार्ने योजनासहित मैदानमा देखिदैं आएको छ । मनाङ मस्र्याङ्दीले पनि आफनो पुरानै लयको फुटबललाई दर्शक सामु पेश गर्ने छन् । त्यसो त विभागीय टोलीमाथि दर्शकको समर्थन पनि कम हुन्छ । कप्तानको जिम्मेवारी अनिल गुरुङले लिदैं मनाङको लागि ‘क्याप’ जित्ने अभियानमा छन् ।
तस्वीर फाईल


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…