
पोखरा(खेलाडी न्युज)- बाग्लुङमा आजदेखि प्रदेश नं ४ स्तरीय मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका र कुष्मा नगरपालिका पर्वत बीचको विजेतासँग पोखरा लेखनाथ महानगरपालिकाले १९ गते क्र्वाटरफाईनल खेल्ने छ ।
क्र्वाटरफाईनल खेल्ने पोखरा लेखनाथ महानगरपालिकाले मंगलबार मात्रै टिमको छनोट गरेको छ । टोलीमा विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल लामा(मिडफिल्ड)मा खेल्ने छन् । अनिल गुरुङ र बेलप्रसाद गुरुङ(स्ट्राइकर)को भूमिका छन् । सन्दिप पौडेल, सुशान गुरुङ, राहुल गुरुङ र किरण मगर बैकल्पिक खेलाडीको सूचीमा छन् । प्रशिक्षकको रुपमा राजेन्द्र तामाङ छन् । उनीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका खेलकुद संयोजक एवं वडा नं ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजुको संयोजकत्वमा गठित छनोट टोलीले छनोट गरेको हो । छनोट टोलीमा कास्की जिल्ला फुटबल संघका प्रशिक्षक राजेन्द्र तामाङ, कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष ईश्वर गुरुङ(चन्द्र), खेलकुद परिषदका पुर्व प्रशिक्षक शम्भु केसी तथा सहारा क्लबका प्रशिक्षक किरण श्रेष्ठ सम्मिलित टोलीले छनोट गरेको हो ।
प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । अन्तिम चारमा प्रवेश गर्ने नगरपालिकालाई दैनिक भत्तासमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रदेशका १० नगरपालिका र एक महानगरपालिकाको सहभागिता रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…