
पोखरा(खेलाडी न्युज)- कास्की जिल्ला फुटबल संघले खेलाडीलाई अनुबन्धन गरी १८ सदस्यीय फुटबल टिम बनाउने तयारी गरेको छ । मोफसलका शहरमा आयोजना हुने नकाउट फुटबल प्रतियोगिताको लागि एन्फाकै टिमले सहभागिता जनाउने छ । १८ जना खेलाडीलाई एन्फाले व्यवसायिक रुपमा राख्ने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए । ‘बाहिरी जिल्लामा खेल्न जादाँ कास्की ११ वा पोखरा ११को नामबाट खेल्न जान्छ । तर टिम कास्की जिल्ला फुटबल संघको मातहतमा रहन्छ ।’ उनले मंगलबार जापानमा हुने यु—१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताको लागि खेलाडी छनोटपछि पोखरा रंगाशाला फुटबल मैदानमा आयोजित पत्रकार सम्मेलनमा भने—‘एन्फामा अनुबन्धन हुने खेलाडीलाई विभिन्न व्यवसायिक संघसंस्था मार्फत सहयोगीको अपिल गरिने छ ।’
पोखराका निजी व्यवसाकिय कम्पनी, बैंक तथा वित्तिय संस्थासँग साझेदारी गर्दै खेलाडी अनुबन्धन गरिने उनको भनाई थियो । पोखरा लेखनाथ महानगरपालिकासँग त्यसको लागि आवश्यक छलफल समेत शुरु गरिएको उनको भनाई थियो । अन्य जिल्लामा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउने टिम र प्रशिक्षक समेत अन्यौल हुने गरेको अवस्थाको अन्त्यको लागि एन्फाकै टिम बनाउने निर्णयमा पुगिएको उनको भनाई थियो । ‘बाहिर टिम जादाँ कास्की जिल्ला फुटबल संघकै प्रशिक्षकको नेतृत्वमा टिम जान्छ ।’ उनले भने । छनोट भएका खेलाडीहरुको वर्षेनी नविकरण गरिने छ । पोखरा लेखनाथ महानगरपालिकाका खेलकुद संयोजक रविन्द्रबहादुर प्रजुले महानगरपालिकाले अहिले नै खेलाडीलाई व्यवसायिक रुपमा राख्ने भन्ने सोच बनाई नसकेको सुनाए । उनले भने—‘निजी कम्पनीसँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ ।’


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…