
एजेन्सी—पाकिस्तानलाई २०३ रनले पराजित गर्दै भारत यु—१९ विश्वकप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि भारतले अष्ट्रेलियासँग खेल्ने छ । अष्ट्रेलियाले पनि अफगानिस्तानलाई पराजित गर्दै फाईनल सुरक्षित गरेको हो ।
भारतले दिएको २७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान सस्तैमा पवेलियन फर्किएपछि भारतले फराकिलो रनले जित्दै फाईनल पुग्यो । पाकिस्तान केवल ६९ रनमै अलआउट हुदाँ केवल २९ ओभर ३ बल मात्रै खेल्न भ्याए । पाकिस्तानी व्याट्सम्यान रोहेल नाजिरकै नाममा सर्वाधिक रन लेखियो । उनले १८ रन बनाए । साद खानको नाममा १५ रन लेखिदाँ मोहम्मद मुसाले भने ११ रन जोड्दै दोहोरो अंकको स्कोर पार गरे । अन्य आठ खेलाडी भने दशरन भन्दा तलमै सीमित भए । सहिन सा अफ्रिदी शून्य रनमै आउट भए । अर्सद ईक्बल, हसन खान र अलि जर्याब असिफ एक रनमै पवेलियन फर्किए । मोहम्मद जैद खान ७, अहमद आलम, मोहम्मद ताहाले ४—४ रन र इमरान साहले २ रन बनाएका थिए । आइ.सि पोरेलले सर्वाधिक चार विकेट लिदाँ आर पाराङ र शिव सिंहले २—२ विकेट लिए ।
टस जितेर व्याटिङ गरेको भारतले शुभम गिलले ९४ बल खेल्दै सात चौकासहित १०२ रनको शतकीय पारी खेले । मानजोत कार्लाले ४७ रनको योगदान दिदाँ पिपि श ले ४१ रन बनाउँदा रन आउट हुन पुगे । ए.एस रोयले ३३ रनको योगदान महत्वपूर्ण रह्यो । भारतका केएल नगरकोटी र शिव सिंह भने १—१ रनमै चिक्त बुझाएर बाहिरिए । आर पाराग २ रनमा खेले । शिवम मावी १०, अभिषेक शर्माले ५ रन बनाए । मोहम्मद मुसाले भारतीय चार व्याट्सम्यानलाई पवेलियनको बाटो देखाए । अरसद इक्बलले तीन विकेट आफनो नाममा लेखाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…