
धन बस्नेत, पोखरा- नेपाल पुलिस क्लबले आहा राराको १६ औं सस्करणको सेमिफाईनल यात्रा तय गर्दा लामो इतिहास बनाएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीलाई गोल्डकप यात्रालाई विट मारेको छ । पोखराको मैदानमा अन्तिम क्र्वाटरफाईनल खेलेको मनाङ मस्र्याङ्दी पुलिसको युवा जोशसँग ३—१ गोलमा पराजित हुदाँ अफ्रिकन खेलाडीको अभाव खड्कियो ।
मनाङ मस्र्याङ्दीले पुलिसका युवा खेलाडीलाई पहिलो हाफ गोलरहित अवस्थामा टुग्ंयायो । तर दोस्रो हाफमा भने अनुभवी मनाङ मस्र्याङ्दीलाई पुलिसका युवा जोशले दबावमा राख्यो । ५३ औं मिनेटमा निरकुमार राईले हिर्काएको ‘भली’ सेकेण्ड बार च्याप्दै जाली चुमेपछि मनाङ मस्र्याङ्दी खेलमा पछाडि पर्न शुरु ग¥यो । तेज तामाङले हानेको कर्नर बललाई मनाङ मस्र्याङ्दीका डिफेन्स विराज महर्जनले हेड गरे । हेड गरेको बल पुन तामाङकै खुट्टामा पुग्यो । उनले दिएको व्याक पासलाई राईले डिबक्स लाईनबाट हानेको बल सिधै पोष्टभित्र छिरेको थियो ।
त्यसको चार मिनेट नवित्दै फेरी पुलिसले अर्को मुभ बनायो । तेज तामाङको कर्नर बललाई निरकुमार राईलाई सटपास दिए । राईले सटपासलाई साईडबाट क्रसिङ गरे । क्रसिङ बललाई दिनेश राजबंशीले उत्कृष्ठ हेड गर्दै पुलिसको अग्रता दोब्बर बनाए । पुलिसले तेस्रो गोल भने ७२ औं मिनेटमा सम्भव ग¥यो । दुई गोलले पछाडि परेको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीले तेस्रो गोल भने काउण्टर एट्याकमा खान पुग्यो । म्यान अफ दि म्याच घोषित सुशान लामाले सेण्टरबाट दिएको लङपासलाई मनाङ मस्र्याङ्दीका डिफेन्सलाई विट गर्दै वान भर्सेस वानको अवस्थामा गोल गर्दै पुलिसको अग्रता फराकिलो बनाए । एक पछि अर्को गोल खाँदै हतासिएको मनाङ मस्र्याङ्दीले भने खेलमा फर्किने प्रयास गर्दै ८२ औं मिनेटमा गोल फर्कायो । अनिल गुरुङले डिबक्स लाईन नजिकै चेष्टगर्दै दिएको पासलाई विशाल राईले ‘साईड भली’ हान्दै बललाई पोष्टको दिशा दिए । गोल गरेर उत्साहित बनेको मनाङले त्यसपछिको समय सम्हालिएर खेल्न खोजेपनि पुलिसको युवा जोशले भने मत्थर बनाईरह्यो ।
क्लब फुटबलमा चीरपरिचित प्रतिद्वन्द्वीको रुपमा रहेको यी दुई टोलीको पोखराको मैदानमा भेट भने तेस्रो हो । सधै फाईनलमा भिड्दै आएपनि अहिले भने क्र्वाटरफाईनलमै भेट भएका थिए । मोफसलको गौरवपूर्ण इतिहास बोकेको मनाङ मस्र्याङ्दीले १६ औं सस्करणमा क्र्वाटरफाईनलबाटै विदाई लियो । पहिलो खेलमै पराजित भएको आहाको संस्करणमा भने यो पहिलो हो । क्याराभानसँगै दोस्रो र तेस्रोमा यी दुईको भेट भएको थियो । त्यसपछिको सस्करणलाई हेर्दा मनाङ मस्र्याङ्दी नवौं, दशौं, १२ औं, १३ औं, १४ औं र १५ औं आहा रारा गोल्डकपको फाईनलिष्ट टोली हो । नेपाल पुलिस क्लबले छैटौं, सातौं र आठौं सस्करणको फाईनल खेलिसकेको छ । बुधबारको पहिलो सेमिफाईनल उत्तर बरिन्धरा बंगलादेशले रुस्लान थ्री स्टारसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…