
पोखरा(खेलाडी न्युज)— जापानमा हुने यु—१२ कोपा पुमा टोरेरस फुटबल टुर्नामेन्टको लागि नेपाली टोली छनोट गरिएको छ । फन रुट्स एकेडेमीका प्रशिक्षक समेत रहेको नेपाली पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो । छनोट हुनेमा अजित श्रेष्ठ, साईमन गौचन, अनिल सूचिकार, राजकुमार गुरुङ, सुवास गुरुङ, मनिष क्षत्री, रितेश गुरुङ, मनिष सिंजाली, मनोज विश्वकर्मा, अनुपम श्रेष्ठ, श्रयस थापा मगर र नर्बु लामा रहेको प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अष्ट्रेलिया, कोरिया, चीन, ताईवान, घाना लगायतका देशसँग प्रतिस्पर्धा गर्ने छन् ।
फन रुट्स एकेडेमी जापानका सञ्चालक जुन हिरानोले कोपा पुमा टोरेरस प्रतियोगिता खेल्न पाउनु निकै राम्रो अवसर भएको बताए । पोखरा रंगशालामा मंगलबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिरानोले नेपालको सहभागितासँग जापानमा प्रदर्शन गरेको फुटबलले अरुलाई पनि अवसर मिल्ने बताए । उनले बसन्त गौचन आफनो एकेडेमीमा आएपछि नेपाल र नेपालीसँग भेटघाटसँगै आत्मियता गाँस्न पाएको प्रति खुशी व्यक्त गरे ।
जापानको टोकियोस्थित रिसहो युनिभर्सिटीका प्रशिक्षक तोकाई रिनले आगामी दिनमा जापानीज युनिभर्सिटीको टिम पोखरा ल्याउन सकिने बताए । आहा रारा गोल्डकपकै समयमा आईपुगेका प्रशिक्षक तोकाईले नेपाली क्लबको फुटबलस्तर निकै राम्रो भएको प्रतिक्रिया समेत दिए । पत्रकार सम्मेलनमै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अब नेपालमा पनि स्पोर्टस युनिभर्सिटीको परिकल्पना गरिएको जानकारी दिए । पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले यु—१२ नेपाली टिम लैजाने यो तेस्रो अवसर भएको भन्दै आगामी दिन अझ राम्रो प्रदर्शन गर्नेमा आफु विश्वस्त भएको बताए । उनले जापानीज युनिभर्सिटीको टिम नेपाल ल्याउने विषयमा भने पहल गर्ने बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…