
बागलुङ,(खेलाडी न्युज)- बाग्लुङ नगरपालिकाको आयोजना तथा बाग्लुङ जिल्ला फुटबल संघको व्यवस्थापनमा आजदेखि बाग्लुङको बाङ्गेचौर खेल मैदानमा प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । आयोजक बाग्लुङको पालुङटार नगरपालिकालाई पेनाल्टी सुट आउटमा ४—३ गोल पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित गरेको छ । निर्धारित समयमा २–२ गोलमा टुगिएको खेल अतिरिक्त समयमा समेत दुबैले समान एक एक गोल गरे । तर निर्णय भने पेनाल्टी सुटआउटमा हुन पुग्यो । पेनाल्टीमा बागलुङका युगेस थापा, निसान थापा, कमल थापा र प्रमेश थापाले गोल गरेका थिए भने जितेन्द्र कार्कीको प्रहार बाहिरिएको थियो । पालुङटारका जुद्ध कुमार गुरुङ, विजय विक र सागर खत्रीले गोल गरे भने प्रविन कुमार गुरुङ र विजय भाटको प्रहार खेलको म्यान अफ दि म्याच घोषित बागलुङका गोलकिपर रुपेश बोहोराले बचाउ गरेका थिए ।
नकआउट चरणमा खेलाईएको खेलमा प्रदेश नम्बर ४ का ११ वटा नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तरगत भोली (बुधबार) भकुण्डे खेलमैदानमा कुश्मा नगरपालिका पर्वत विरुद्ध गल्कोट नगरपालिका बागलुङका बीच खेल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । ‘युवा विकासको आधार, खेलकुद, पर्यटन र रोजगार’ भन्ने मुल सहित ६८ औँ शहिद दिवसको अवसरमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नगर प्रमुख, सांसदहरु एवं जनप्रतिनिधहरुले बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले आम जनताले सार्वभौमसत्ता राष्ट्रिय अखण्डता एवं सामाजिक न्याय, लोकतन्त्र र बहुलवादी खुला समाज राजनैतिक स्थायित्व, सुशासन र समृद्विको अपेक्षा गरेको बताए ।
कार्यक्रममा विभिन्न झाँकीहरु सहित धौलागिरि क्याम्पसको प्राङ्गणबाट सुरु भएको ¥याली जीप पार्क, धौलागिरि चोक, हल्लनचोक, समिक्षालय चोक, रुद्रेपिपल, गुल्म, कालिका भगवती मन्दिर हुदैँ बाङ्गेचौरमा पुगेर समापन भएको थियो । सहिद दिवसको अवसरमा सहिद पार्कमा एक कार्यक्रमको आयोजना पनि गरिएको थियो । कार्यक्रममा पञ्चे बाजा, कुमारीहरुको झाँकी, हनुमान नाच, लाखे नाच, बटुकहरु, मगर समाज, क्षेत्री समाज, कुँडुले माविका विद्यार्थी संगै अन्य विभिन्न विद्यालयहरुले झाँकी प्रदर्शन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…