
पोखरा, २१ पुस/
बाग्लुङको बुर्तिबाङमा आईटिएफ तेक्वान्दो हुने भएको छ । पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता यही पुस २८ र २९ गते हुने छ ।
बुर्तिबाङमा आयोजना हुने राष्ट्रिय प्रतियोगिता यो तेस्रो हो । पाँचै विकास क्षेत्र र दुई विभागीय टोली र एक आयोजकसहित गरी ८ टोलीले सहभागिता जनाउने प्रतियोगितामा महिला तर्फ ४७–५३ केजी र पुरुष तर्फ ५७–६७ केजी तौलमा प्रतिस्पर्धा गराईने मुल आयोजक समितिका संयोजक भुपेन्द्र पुनले जानकारी दिए ।
ढोरपाटन आईटिएफ तेक्वान्दो डोजाङको आयोजना तथा नेपाल आईटिएफ संघको सह आयोजनामा हुने प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । रजत पदक जित्नेलाई ३ सय र कास्य पदक विजेता खेलाडीले २ सय अमेरिकी डलर पुरस्कार स्वरुप थाप्ने छन् ।
नेपालमा यसअघि चारवटा राष्ट्रियस्तरको आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भईसकेको छ । १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गतवर्ष पुसमा पुवाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत आईटिएफ समावेश गरिएको थियो । महिला तथा पुरुष विजेता खेलाडीलाई अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि एरिनामा उतारिने समेत बिहीबार पोखरा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…