
बाग्लुङ(खेलाडी न्युज), पुस २५
माघको दोस्रोसातापछि बाग्लुङमा प्रदेशस्तरीय मेयर कप हुने भएको छ । बाग्लुङ नगरपालिकाको आयोजनामा माघको १६ गते शहीद दिवसको दिन पहिलो पटक प्रदेशस्तरीय मेयर कप आयोजना गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा खेलाइने छ ।
नगरपालिकाको आयोजनामा सञ्चालन हुने यो सवाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रदेश अन्तर्गत ११ जिल्लाका नगरपालिकाहरुलाई पत्रचार गरिएको बाग्लुङ नगरपालिकाले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आह्वान गरिएको बाग्लुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए । प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । अन्तिम चारमा प्रवेश गर्ने नगरपालिकालाई दैनिक भत्तासमेत प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ बाग्लुङले सहयोग गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…